Sorry, that menu does not exist.
 

ग्रामीण क्षेत्रमा गल्कोट लिङ्को फाईबर नेट विस्तारले फडको मार्दै

थम्मन थापा सन्देश, गल्कोट २०७४ चैत ९ । पछिल्लो समय जिल्लाको गल्कोट क्षेत्रबाट विदेशिने युवाहरुको संख्या दिनहुॅ बढदो छ । विदेश अहिले धेरै नेपाली युवाहरुको रोजगारको गन्तव्य स्थान भएको छ । कतिपय युवाले राम्रै रोजगार पाएका छन त कतिपय विदेशमा निकै दुःख भोगेर स्वदेश फर्कि केहि काम सुरु गरेर राम्रै कमाई गरेको पाईन्छ । त्यस मध्य बागलुङको गलकोट नगरपालिका ७ मल्मका डम्मर केसी पनि एक उदाहरणीय बनेका छन । केसी पनि वैदेशीक रोजगारमा नगएका होईनन । उनि मलेसिया, जापान लगाएतका देशहरुमा १४/१५ वर्ष दु:ख गरे, मेहनत गरेर व्यापारमा कसरी अगाडी बढ्ने भन्ने सिके । उनी विदेशबाट फर्केपछि अहिले गल्कोट बागलुङमा इन्टरनेट व्यवसाय सञ्चालन गरेका छन ।

केसी लामो समय विदेश बसी आफ्नै क्षेत्रमा आएर विस २०६६ सालमा कम्प्युटर सेन्टर खोलेर कम्प्युटर सिकाउन थालेका थिए । उनले कम्प्युटर सिकाउने क्रममा उनलाई ईन्टरनेटको समस्या परेको बताए । इन्टरनेटको समस्यालाई लिएर पोखरा गई ओल्ड लिङ्क ईन्टरनेट सेवा माग्न गए र नदिए पछि उनले स्काईको सेटबाट सेवा लिएर नेट सम्बन्धि कम्प्युटर सिकाए । उनले गल्कोटमा भएको ईन्टरनेट समस्या र विदेशमा आफुले पाएको दु:खलाई सम्झेर उनले वि.स २०७० सालमा गल्कोटलाई ईन्टरनेटको पहुॅचमा पुराउन र आफुले स्वदेशमै केहि ईलम सुरु गर्न गल्कोट लिङ्क प्रालि ईन्टरनेट सेवा दर्ता गरेको थिए ।
वि.स २०७० सालमा दर्ता गरेर एक्लै अगाडि बढेका केसीले वि.स २०७३ देखि ४ जनाले यो व्यवसायलाई व्यवस्थित रुपले अगाडि बढाए । केसीले सुरुमा एक्लै ७० लाखको लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक १ लाख ५० हजार भन्दा बढी आम्दानी गरिरहेका छन । सुरुमा गल्कोट नगरपालिकाको ग्रामिण क्षेत्रबाट विस्तार गरेको यो व्यवसायलाई बागलुङ बजार, पर्वत र म्याग्दी सम्म पुराएका छन । भौगोलिक विकटता, धेरै खर्च र अनेकौं चुनौतिलाई चिर्दै अप्टिकल फाईबर मार्फत ईन्टरनेट सेवा प्रदायकको रुपमा अहिले गल्कोट लिङ्क प्रालि रहेको छ ।

ग्रामीण भेगका विद्यालय, संघ, संस्था, वित्तिय संस्था र घर घरमा अहिले गलकोट लिङ्क प्रालिका ग्राहकहरु ईन्टेरनेट सेवा प्रति दिनानुदिन आकर्षित हुॅदै गएका छन । फाईबर मार्फत घर घरमा पुगेको राम्रो ईन्टरनेट सुविधा पाएपछि आफुहरु सन्तुष्ट रहेको ईन्टरनेट प्रयोगकर्ता गलकोट नगरपालिका ७ मल्मका व्यावसायी तथा समाजसेवी छुम बहादुर थापाले बताए ।निकट भविष्यमा प्रदेश नं ४ हुॅदै नेपालभर ईन्टरनेट सेवा विस्तार गर्ने लक्षय रहेको गल्कोट लिङ्क प्रालिले जनाएको छ ।

ईन्टरनेट व्यावसाय सञ्चालन सॅगै अन्य युवाहरुलाई समेत रोजगारको अवसर मिलेको छ । अहिले गल्कोटमा ५ जना र बागलुङमा ६ जना कर्मचारीले काम गरि रहेका छन । उनी विदेशमा भोगेको दुख लाई स्मरण गर्दै विदेश जाने युवाहरुलाई स्वदेशमा नै आधुनिक तरीकाबाट सुचना प्रविधि, उद्योग, होटल, रेष्टुरेन्ट, कृषि , पशुपालन लगाएत अन्य व्यवसाय अगाल्न आग्रह गर्छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply