डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ९ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज शुक्रबार देखी काठमाडौ बलेवा काठमाडौ नियमित विमान सेवा सन्चालनमा आएको छ । काठमाडौँ देखी बलेवका लागि आजको पहिलो उडान तारा एयरको विमानले गरेको हो । विमान दिउँसो करिब १ बजे १५ जना यात्रु सहित बलेवा विमान स्थलमा अवतरण गरेको हो । यात्रुहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो । आज काठमाडौ देखी बलेवा आउने यात्रुहरुमा दुईजना प्रतिनिधिी सभासदस्य समेत रहेका थिए ।
बलेवा-काठमाडौ-बलेवाका लागि हप्तामा दुई उडान गरिने बागलुङ नगरपालिका र बिमान कम्पनिहरु संग सम्झौता भएको छ भने तारा र नेपाल एयरलाईन्सका विमानले पालैपालो उडान भर्ने छन् ।
आज पहिलो दिन बलेवा बिमानस्थलबाट ७ जना यात्रु लिएर तारा एयरको बिमान काठमाडौँ उडेको छ । नगरपालिका र बिमान कम्पनि वीच भएको सम्झौतामा उल्लेख गरिएको शर्त अनुसार १२ जना भन्दा कम यात्रु भएमा नपुग यात्रुहरुको भाडा बागलुङ नगरपालिकाले तिर्नुपर्ने हुन्छ । आजको पहिलो उडानमा काठमाडौका लगि उड्न ७ जनामात्र यात्रु भएकाले बागलुङ नगरपालिकाले नपुग ५ जना यात्रुको रु ३२ हजार ५ सय तारा एयरलाई बुझाउनु पर्ने भएको छ ।
बिमानहरुले लिने यात्रु भाडा निकै बढी भएकोले समायोजन गर्नुपर्ने माग उठिरहेको छ ।