कृष्ण कँडेल, बागलुङ २०७३ फागुन २ । नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम आईतवार बुर्तिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सिाराम आर्यालले तत्कालीन माओवादी जनयुद्धले पछाडी परेका र परिएको समुदायमा आफ्नो अधिकारको खोजी राजनितिक जागरण ल्याएको बताए । उनले दलित, जनजाती, महिला, अल्पसंख्यक तथा राज्यको मुलप्रवाहमा पहुँच नपुगेका समुदायको प्रतिनिधित्वको संवैधानिक व्यवस्था जनयुद्धकै उपलब्धि भएको उल्लेख गरे ।
केन्द्रिय समितिका सल्लाहकार शेरमान घर्तीले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाहरु जनयुद्धले नै स्थापति गरेको भन्दै आदिवासी जनजाती समुदायको थप अधिकार स्थापित गर्ने कार्यभार बाँकी नै रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, माओवादी अगुवा दलिराम शर्मा, विद्यार्थी अनिल विश्वकर्मा लगायतले जनयुद्धका उपलब्धि तथा अब गर्नुपर्ने बाँकी काम लगायतको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपमा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया नम्बर–२ का सहईन्चार्ज चन्द्र आर्यालले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित राज्यको पुनर्संरचना, नागरिकका प्रतिनिधिबाट संविधान निर्माण लगायतका उपलब्धि जनयुद्धकै जगमा स्थापित भएको बताए । उनले पार्टीको वडा, गाउँ, नगर अधिवेशन, पार्टि संगठन विस्तार अभियान लगायतको बारेमा जानकारीगराएका थिए । अर्यालले हिजो गलकोटकमा भएको पार्टिको जिल्ला कार्यालय सदस्यहरुको बैठकले गरेका निर्णयको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रम एरिय सहईन्चार्ज चन्द्र अर्याललको अध्यक्षता, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल स्वागत र अखिल क्रान्तिकारी एरिया नम्बर–२ का सचिव गणेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।