Sorry, that menu does not exist.
 

ताकि सनद रहोस … !

बागलुङ २०७४ चैत १० । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल तथा तारा एयर र नेपाल वायुसेवा निगम दुई विमान कम्पनि वीच भएको सम्झौता बमोजिम हिँजो चैत ९ गते शुक्रबार तारा एयरको ट्विनवटर विमानले पहिलो उडान भरेको छ । सप्ताहमा दुई पटक उडान भर्ने सम्झौतामा व्यवस्था गरिएको छ ।

शुक्रवार दिउँसो तारा एयरको विमान बलेवा बिमानस्थलमा अवतरण गर्दा बाजा गाजा सहित बिमान एवं खादा ओढाएर यात्रुको स्वागत गरिएको थियो ।
बिमान सेवा सन्चालनमा आएपछी यसले निकै चासो र चर्चा पाएको छ । अढाई दशकपछी बलेवा बिमानस्थल सुचारु भएपछी एकातिर जिल्लावासी उत्साही देखिएका छन् भने अर्कोतिर बागलुङ नगरपालिका र बिमान कम्पनि बीच भएको संझौताका दफाहरु पढेर आमनागरिक बिमान कम्पनिलाई फाईदा यात्रु र नगरपालिकाकालाई घाटा भनि टिप्पणी गरिरहेका छन् ।

बिमानको चर्को भाडाले यात्रुको ढाड भाँचिने निश्चित छ । त्यो भन्दापनि बिमानमा १२ जना यात्रु भन्दा कम भए अर्थात बिमान खाली भए त्यसको रकम नगरपालिकाले व्यहोर्ने सम्झौताले कसको हित गरेको छ ? भनेर आम नागरिक टिप्पणी गरिरहेका छन्, नगरपालिकाले खाली बिमानको भाडा व्यहोरेर सन्चालनमा ल्याउनुको ‘तुक’ खोजिरहेका छन् ।

शुक्रबार बलेवा बिमानस्थलमा बिमान अवतरणको समाचार ईबागलुङ अनलाईनमा अपडेट गरिएपछी पाठकहरुबाट आएका केहि टिप्पणी (Comments) हरु बानपा प्रमुख एवं सरोकारवालाहरुको दृष्टिगोचरका लागि यहाँ प्रस्तुत गरिएको छ, ताकि सनद रहोस् ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply