छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २ । बुर्तिबाङ बजार क्षेत्रमा ब्यापारीहरुले पसलको पेटी भन्दा बाहिर सामान राख्दा यातायातमा असहजता भएको र पशुपँक्षी खुलेयाम छोड्दा दुर्घटना बद्न सक्ने भन्दै ईलाका प्रशाशन बुर्तिबाङको अगुवाईमा आजदेखि बजार अनुगमन सुरु गरीएको छ । अनुगमनका क्रममा पसलको पेटी बाहिर राखिएका सामान जफ्त समेत गरीएको हो ।
ईलाका प्रशाशन बुर्तिबाङका प्रमुख जनक थापाको संयोजगत्वमा, ईलाका प्रहरी बुर्तिबाङ, उधोग बाणिज्य सँघ ईकाई बुर्तिबाङ, पत्रकार, स्थानीय बासि लगाएतको रहोबरमा बुर्तिबाङ बजार क्षेत्रका एक दर्जन बढि ब्यापारीको सामान जफत गरी ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा सुरक्षित राखिएको छ । बढि मात्रामा तरकारी पसल र फेन्सी पसलको सामान जफ्त भएको हो । जफत गरीएको सामान पहिलो पटक स्वयं ब्यापारीले १ हजार जरीवाना तिरेमा फिर्ता लीन पाउने छ भने दोश्रो पटकको अनुगमनमा अटेर भएमा सबै सामाननै जफत हुने बताईएको छ ।
त्यस्तै बजार क्षेत्रमा पशुपँक्षि खुलेयाम छोडिएको भन्दै गाडिको ठक्करका कारण या मानीसले पैदल यात्रा गर्दा किचेर मरेमा कोहि जिम्मेवार नहुने निर्णय गरीएको हो । बजार क्षेत्रमा साँघुरो र ब्यबस्थित सडक नहुँदा यस्तो समस्या आएको हो ।