कोपिला कंडेल, बागलुङ २०७४ चैत ११ । प्रेस सेन्टर नेपाल बागलुङले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल‘बलदेव’ले देशको सम्मृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताउदै एमाले र माओबादी केन्द्र बिचको पार्टी एकता पश्चात मुलकमा स्थिर सरकार निर्माण हुने दाबी गरे ।
मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमण अगाडी नै नेकपा एमाले र माओबादी केन्द्र बिच पार्टी एकता हुन सक्ने सम्भावना रहेको बताए । पार्टी एकता पछि सरकारको नेतृत्व भने हेरफेर हुन सक्छ मन्त्री खनालले भने, तर स्थायी सरकारका लागि पार्टी नेतृत्वको फेरबदलले कुनै असर गर्दैन ।
माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री खनालले स्वदेशमा नै प्राप्त रोजगारी नभए सम्म बिदेश जानबाट रोक्न नसक्ने अवस्था रहेकोपनि बताए ।
कृषि जलश्रोत र पर्यटन क्षेत्रको बिकासका लागि एकिकृत योजनाका साथ अघि बढ्ने उनको धारणा थियो ।
कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ्ग शाखाका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, केन्द्रिय सदस्य कोपिला कंडेलको स्वागत मन्तब्य र प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष कृष्ण कंडेलको संचालनमा सम्पन्न भएको थियो ।