Sorry, that menu does not exist.
 

फलेवास नपा लिमिठानामा आयोजित चैत्राष्ठमी मेला भव्य रुपमा सम्पन्न

निर्मल पौडेल कुस्मा पर्वत २०७४ चैत १२ । फलेवास नगरपालिका ७ लिमिठानामा आयोजित चैत्राष्ठमी मेला सोमवार सम्पन्न भएको छ । खेल कला तथा स्थानिय संस्कृति र पर्यटनको संरक्षण प्रवद्र्धन गर्ने भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि यसै वर्ष वाट शुरु गरेको मेला भव्य रुपमा सम्पन्न भएको हो ।

लिमिठाना स्पोर्ट क्लवले चैत ९ गतेवाट विविध खेलकुद संगै आयोजना गरेको साँस्कृतिक कार्यक्रममा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता संगै खुल्ला नृत्य प्रतियोगिता समेत सम्पन्न भएका छन् । खुल्ला भलिवल प्रतियोगितामा लिमिठाना ,ठानामौला ,देविस्थान , भँगरा फलामखानी , स्याङ्जा घण्टेदेउराली, लिमीठाना रुम्टा लगायतका स्थानवाट प्रतिस्पर्धी १० टिमको सहभागिता रहेको थियो । निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा आयोजक लिमिठाना स्पोर्ट क्लव प्रथम,भँगरा नवविकास युवा क्लव द्धितीय र रुम्टा युवा क्लव लिमिठाना तृतीय भए ।

प्रथम, द्धितीय र तृतिय हुनेले क्रमश नगद रु १५ हजार टफी मेडल सिल्ड र प्रमाणपत्र,नगद रु १० हजार टफी मेडल सिल्ड र प्रमाणपत्र त्यस्तै नगद रु ५ हजार टफी मेडल सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै खुल्ला नृत्य प्रतियोगितामा सदिक्षा सुनार प्रथम,करिष्मा विश्वकर्मा द्धितीय र प्रतिमा परियार तृतिय भएका छन् । प्रथम द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ सय प्लस प्रमाणपत्र, रु १ हजाार प्लस प्रमाण पत्र र तृतिय हुनेले नगद रु ५ सय प्लस प्रमाणपत्र प्राप्त गरेका छन् ।

फ.न.पा. ७ का वडाअध्यक्ष हरिराम रेग्मीले उद्घाटन गरेको कार्यक्रममा स्पोर्ट क्लवका सल्लाहकार तेज प्रसाद पौडेल अध्यक्ष केशरराज पन्त,अखिल नेपाल शिक्षक संगठनका केन्दीय सदस्य शिक्षक शारदा शर्मा, पत्रकार तथा कलाकार निर्मल पौडेल एन. पि. घायल ,लिमिठाना माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पन्त, स्थानिय समाजसेवी, वुद्धिजिवी खेलप्रमी ,कलाप्रेमीहरुको आतिथ्यता संगै भु.पु विद्यार्थीहरु लगायत करिव ३ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन क्लवका सदस्य दिपक सुनारले गरेका थिए । कार्यक्रमलाई भव्य रुपमा सफल पार्न देश विदेशमा छरिएर रहेका स्थानियले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले मेलालाई एतिहासिक रुपमा हेर्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply