हरि शर्मा, बागलुङ,२०७३ फागुन ३ ।यस क्षेत्रकै सबभन्दा पुराना विद्यामन्दिर माविले फागुन २ गते ७६ औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको समापन समारोहका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले सार्वजनिक शिक्षा चौतर्फी आलोचित हुनु परेको भन्दै पछिल्लो समयमा निजि शिक्षा तर्फ आकर्षण बढ्नाले पनि सार्वजनिक शिक्षाप्रतिको मोह घट्दै गएको बताए ।
राज्यका अंगहरु बलियो भएमात्र निमुखा, गरिव जनताका बालबालिकाहरुले पाउने सार्वजनिक शिक्षा मजबुद हुने भन्दै त्यस्का लागि सरकारले ठोस नीति तथा कार्यक्रम सँगै शिक्षामा लगानी गर्नुपर्ने बताए । सार्वजनिक विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थितिले भोलीका देश बनाउने जनशक्तिमा राष्ट्रियताप्रतिको सजकता,देशप्रतिको माया, शुसासन र चिन्तन नहुने भन्दै उनले आधुनिक शिक्षा पूर्ण व्यवहारीक र बैज्ञानीक हुनुपर्ने आवश्कता औल्याए ।
भूकम्पले पूर्णरुपले क्षति पुगेको विद्यामन्दिर माविलाइ पुननिर्माण गरी देशकै नमुना नमुना विद्यालय बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा लामो समयसम्म विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक, कर्मचारी, कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, एस.एल.सी परिक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने विद्यार्थी लगायतलाइ पुरस्कृत एवं सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले विद्यालयको शैक्षिक तथा बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा महायज्ञ समितिका अध्यक्ष लालचन्द्र राज भण्डारी , सामजसेवी देव बहादुर श्रेष्ठ , हरिलक्ष्मी स्मृति पुरस्कारका संस्थापक अध्यक्ष तिर्थप्रसाद श्रेष्ठ, पुर्व प्रध्यानाध्याकको तर्फबाट लक्ष्मण कुमार श्रेष्ठ, ईश्वरलाल बज्राचार्य, पुर्व विद्यालय व्यवस्थापन समितिको तर्फबाट बाबुलाल शाक्य, ,शिक्षकहरु गंगा शर्मा, गुणराज शर्मा, पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुलाल शाक्य, पुर्व विद्यार्थि धवलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डाक्टर सागरकुमार राजभण्डारी, नेपाल पत्रकार महासंघका बागलुङ शाखाका अध्यक्ष मुकेश राजभण्डारी,विद्यार्थीको तर्फबाट कक्षा १२ की छात्रा लक्ष्मी पुन मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महायज्ञ समितिका अध्यक्ष लालचन्द्र राज भण्डारी , सामजसेवी देव बहादुर श्रेष्ठ , तिर्थ श्रेष्ठ, पुर्व प्रध्यानाध्याकको तर्फबाट लक्ष्मण कुमार श्रेष्ठ, ईश्वरलाल बज्राचार्य,
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक मनबहादुर रोका र सञ्चालन शिक्षक छविरमण रेग्मीले गरेका थिए ।