Sorry, that menu does not exist.
 

भूजीखोलाका पुरातात्विक महत्वका ढुंगाहरु डोजर लगाएर फोड्ने कार्य तत्काल रोक्न ज्ञापन !

छविलाल पाण्डे, बुर्तिबाङ २०७४ चैत १३ । बुर्तिबाङ बजार नजिकैको भुजीखोलामा डोजर लगाएर मनपरी ढुंगा फोड्ने कार्य भैरहेको भन्दै ढोरपाटन नगरपालिका वडा नं २ का बासिन्दाले ढोरपाटन नगरपालिका कार्यालयमा सो कार्य अबिलम्ब रोक्न ज्ञापनपत्र बुझाएका छन् ।

ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ र वडा नं २ तारीखेतको बिचमा पर्ने लक्ष्मीकुण्ड घाट तथा आसपासको क्षेत्रमा केहिदिनदेखि डोजर लगाएर मनपरी ढुंगा फुटाउने गरिएको र सोहि क्षेत्रमा परापुर्वकालदेखिनै रहंदै आएको घोरे ढुंगा समेत कसैको अनुमती नलिई डोजर लगाएर फोड्न खोजिएको भन्दै स्थानीयबासीले तिब्र बिरोध जनाएका छन् ।

नदीक्षेत्रका आसपासमा रहेका सबैजसो ढुंगा फोडेर प्राकृतिक सम्पदालाई ब्यतिmगत रुपमा प्रयोग तिब्र बढिरहेको भन्दै वडा नं २ का करिब ४० घरधुरी बासिन्दाले ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपाली समक्ष ज्ञापनपत्र बुजाएका हुन् ।

उनिहरुका अनुसार नदीमा अनाबश्यक रुपमा डोजर लगाएर ढु्ंगा फुटाउने पक्षलाई यथासक्य कारबाहि गनुपर्ने माग राख्दै आफनो मागको सुनुवाई नभए नेपाल सरकार पुरातत्व बिभागमा जाने समेत चेतावनी दिएका छन् ।

बुर्तिबाङ र तारीखेतको बिचमा नदी बिचमा पर्ने घोरेढुंगालाई बिगतदेखिनै स्थानीयले पुरातात्विक सम्पदा रहेको भन्दै धेरै पहिले आईएनएफको टोलीले उतm ढुंगामा सुन रहेको र आफुले खरिद गरेर स्थानीयका लागि जलबिधुत आयोजना निकाली दिने भनेको तर स्थानीयले त्यतिबेला समेत उतm ढुंगा बेच्न नदिएको स्थानीय जितबहादुर कुवंरले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply