Sorry, that menu does not exist.
 

तेईस लाखमा बिक्ने भो, धौलागिरी एफएम : आज एफएमको प्रशारण बन्द !

बागलुङ २०७४ चैत १४ । बिगत केहि दिन देखी धौलागिरी एफएम बिक्रीमा रहेको चर्चा सार्वजनिक भैरहेको अवस्थामा अन्तत: धौलागिरी एफएम सन्चालक समितिले धौलागिरी एफएम रेडियोलाई टेण्डरको माध्यमबाट बिक्री गर्ने भएको छ । समितिको यो निर्णय सँगै आज एफएमको प्रशारणपनि बन्द भएको छ ।

हिँजो सम्म टेण्डर राख्ने समयावधी तोकिए अनुसार एफएम भित्रै काम गर्ने कर्मचारीहरु मध्य दिल शिरीष तथा राजेन्द्र ढकाल/ताराप्रसाद शर्माले छुट्टा छुट्टै टेण्डर हालेका छन् ।

एफएम बाहिरका व्यक्तिले टेण्डर दिन नपाउने गरी आन्तरिकरुपमा मागिएको टेण्डर न्यूनतम बोली रु २० लाख राखिएको एफएम निकट श्रोतले बतायो ।
चर्चानुसार शिरीषले रु २३ लाख ७५ हजार ७ सय २५ र ढकाल/शर्माले रु २२ लाख ५० हजार रकम टेण्डरमा राखेका छन् । समितिले कसलाई दिने भन्ने भोलि बिहीबार सार्वजनिक गर्ने भएको छ ।

धौलागिरी एफएममा कार्यरत कर्मचारीहरुले झण्डै १० महिनाको पारिश्रमिक पाएका छैनन । उनिहरुको पारिश्रमिक रकम झण्डै ८ लाख रुपयाँ रहेको श्रोतको दाबी छ । एफएम बिक्री भएपछी पारिश्रमिक पाउने विश्वासमा कर्मचारीहरु देखिन्छन् ।

धौलागिरी एफएमका उपल्लो तहका कर्मचारीहरुको असहयोग र हेलचक्राईँका कारण धौलागिरी एफएम धराशायी भएको संचालक समितिको बुझाई रहेको छ ।

धौलागिरी एफएम संचालक शेयर सदस्यहरुको नामावली यसप्रकार छ –

दुर्गादत्त आचार्य, राजकुमार श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, दयाराम पौडेल, अशोक गोविन्द राजभण्डारी, रामकृष्ण शर्मा, मनोज कुमार श्रेष्ठ, कमल श्रेष्ठ, रामजी प्रसाद सुवेदी, चन्द्रबहादुर केसी, बसन्त जोशी, रामकुमार राजभण्डारी, कर्णबहादुर हमाल, केशवप्रसाद सुवेदी, अंग्रेजलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, निरन्जन श्रेष्ठ, नारायण श्रेष्ठ र बिदेश कुमार श्रेष्ठ रहेका छन् ।

द्रष्टव्य; यो समाचार बिहान तयार पारिएको भएपनि विद्युत नहुँदा भरखर विद्युत आपुर्ति भएकाले अपडेट गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply