खर्वाङ २०७४ चैत १५ । प्रभु बैँक लिमिटेडको शाखा कार्यालय बडीगाडको उद्घाटन गर्दै बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बैँक नाफा मुखी भन्दा सेवा मुखी बन्न बैंक सञ्चालकहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष पाईजाले ग्रामिण क्षेत्रमा स्थापित बैंकहरुले नाफा कमाउन तर्फ भन्दा पनि स्थानियहरुलाई सेवा प्रवाहका लागी बिशेष जोड दिनुपर्ने बताउदै पहिलो पटक बडीगाड गाउपालिकामा प्रभु बैंकले शाखा स्थापना गर्नु आफैमा प्रसंसनीय कार्य भएको बताए । पाईजाले बैंकमा आउने सेवाग्राहीलाई नम्र बोलि र असल ब्यवहार गरि सेवा प्रदान गर्न बैंकका कर्मचारीलाई आग्रह गर्दै प्रभु बैंकलाई दिगो, निरन्तरता र चलायमान बनाउन स्थानियहरुले बित्तिय क्षेत्रमा बचत, कर्जा लगानी गरि साथदिनुपर्ने सल्लाह दिए ।
प्रभु बैंक लिमिटेडले आफनो सेवा संगै ग्रामिण तहका जनतालाई सहजरुपले बैंकिङ क्षेत्रमा जोड्नका निम्ती हालसम्म देशैभर १ सय ४० शाखाबाट सेवा दिईरहेको अवस्थामा आज बडीगाड गांउपालिकामा १ सय ४१ औं सेवाकेन्द्रको रुपमा शाखा बिस्तार गरेको हो ।
कार्यक्रमका अध्यक्ष एवं प्रभु बैंकका प्रतिनीधि क्षितिज बहादुर शेरचनले बैंकको तर्फबाट बोल्दै प्रभु बैंक बिशुद्ध नाफा कमाउने उद्देश्य मात्र नभई जनताको सेवा र सुबिधा संगै अगाडि बढिरहेको बताउदै अबको एकबर्षभित्र देशभर १ सय ८० शाखा कार्यालय रहने बताए ।
त्यस्तै कार्यक्रममा बैंकका सेयर सदस्य एवं बुर्तिबाङका ब्यबसायी ढालेन्द्र छन्त्याल, ईलाका प्रसाशन प्रमुख जनक थापा, उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा लगाएतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम उत्तम राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।