Sorry, that menu does not exist.
 

यस्तो छ, बिदाको नयाँ तालिका

काठमाडौं, २०७४ चैत १५ । सरकारको निर्णयानुसार अब वैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहीद दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसमा बिदा नहुने भएको छ । सरकारले यी बिदाको सट्टा संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा राष्ट्रिय दिवसका रुपमा एकमुष्ट मनाउने निर्णय गरेको छ । तर माथि उल्लेखित दिवसमा बिदा नदिइएपनि औपचारिक कार्यक्रम भने हुनेछन् ।

यस्तै दशैँको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा पनि कटौती भएको छ । दसैंमा फूलपातीदेखि एकादशीसम्म पाँचदिन मात्र सार्वजनिक बिदा हुनेछ ।

ल्होसार, क्रिसमस, छठ, माघी लगायत पर्वको दिन राष्ट्रिय बिदाको सट्टा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा हुनेछ । महिलाले पाउने ऋषिपञ्चमीको बिदा पनि कटौती भएको छ ।

जनै पूर्णिमा, रामनवमी र कृष्णाष्टमीमा पनि अब बिदा हुने छैन । यस हिसाबले अब वर्षभरी ५२ वटा शनिबार सहित ६७ दिन मात्र देशभरी बिदा हुनेछ । तर केही बिदा शनिबार खप्टिएकाले ६७ दिन पनि पुग्दैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply