रामशरण पोखरेल बिहुँकोट बागलुङ २०७४ चैत १५ । बागलुङ समाजसेवी युवा क्लब बिहुँकोटले आयोजना गरेको चैत्राष्टमि मेला(२०७४ को आज समापन गरिएको छ ।
ूसमाजसेवी युवा क्लबको सान, समाज बिकाशमा हाम्रो अभियान ू भन्ने मुल नाराका साथ चैत ११ गते बाट सुरु गरिएको मेला बिहीबार सकिएको हो । समापन कार्यक्रममा समाजसेवी शिवलाल कंडेल, नेपाली कांग्रेस जिल्ला सदस्य महेन्द्र पुन, अर्जुन बाण गण घोडाबाधेका मेजर रमेश थापा, नवयुबक आधारभुत बिध्यालय का प्र अ देबनारायण सापकोटा, लगायतको उपस्थित रहेको थियो ।
मेलाको अवसरमा आयोजित खुल्ला वडास्तरीय भलिबल प्रतियोगितामा ३० टिम सहभागी भएकोमा देउराली युवा क्लब घुस्मेली प्रथम र बिहानी क्लब गौश्वारा बिहु दोश्रो भएका थिए भने आयोजक समाजसेवी युवा क्लब र जनशान्ति युवा क्लब तंग्राम तेस्रो भएको कार्यक्रम संयोजक भरत सापकोटाले बताए ।
भलिबलमा बिजेता प्रथम हुनेलाई नगद ४५ हजार ४ सय ४५, दोश्रोलाइ ३३ हजार ३ सय ३३ र तेस्रो लाई ८ हजार ८ सय ८८ नगद मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यस्तै मेला अवधिभर हरेक क्षेत्रमा सहयोग गर्नेलाई पनि सम्मान गरिएको थियो । यस क्षेत्रमा पहिलोपटक आयोजना गरिएको मेलामा लगभग ५ लाख सन्कलन भएको आर्थिक सम्योजक धन प्रसाद सापकोटाले जानकारी दिए । समाजको बिकासमा तिब्रता दिने उदेश्यले गरिएको मेलामा राष्ट्रिय कलाकारहरु सम्झना भण्डारी, राजेश बर्देवा, कुसुम बुढाथोकी, केपि कुमार जलन, खिमलाल सापकोटा, दिपेन्द्र सापकोटा लगायतले दर्शक लाई छमछम्ती नचएका थिए ।
क्लबका अध्यक्ष मेघराज कंडेल ९नवीन० को सभापतित्वमा सम्पन्न भएको मेला कार्यक्रम सम्योजक भरत सापकोटा र रामशरण पोखरे को सन्चालन मा सम्पन्न भएको थियो ।