प्रेम सुनार, गुल्मी २०७४ चैत १६ । केहि महिना अघि साविकको बडागाउँ गाविसको हलोगाडेमा पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै स्थानिय एक दलितलाई निर्घात कुटपिट गर्ने उक्त पसलेलाई जिल्ला अदालत गुल्मीले छुवाछुत र कुटपिट विरुद्ध जरीवानम तोकेको छ ।
२०७४ साल असार २४ गतेका दिन हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ हलोगाडेका शोभा कार्कीको पसलमा मदिरा सेवन गरेको गिलास नमाझको र भान्छा कोठामा रहेका भाँडा छोएको आवेशमा आई स्थानिय कर्णबहादुर सार्कीलाई पसले कार्की र उनका छोरा कृष्ण कार्कीले मरणाशन्य हुने गरी निर्घात कुटपिट गरेक थिए ।
त्यस विरुद्ध पीडितले जिल्ला अदालतमा छुवाछुत र कुटपिट विरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दामा जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको ईजालसले कार्कीव्दयलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले जरीवाना, २५ हजार पीडितलाई क्षतिपुर्ति र १० हजार उपचार खर्च अशुलीको फैसला गरेको श्रेतेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।