Sorry, that menu does not exist.
 

एसइई दिएका नवजागृति माबि तिलाहारका ८० जना विद्यार्थीको भविष्य जोखीममा

महेन्द्र जिसी, २०७४ चैत १६ । माध्यमिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका चौथो संसोधन को परिच्छेद २ को धारा ४ को उपधारा घ अनुसार एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार मिलाएर राख्नु पर्ने व्यवस्था छ । उल्लेखीत धारामा रजिष्टेशन नम्बर र सिम्बोल क्रमानुसार कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । रित नपुगेका परीक्षर्थीको परीक्षा समेत रद्द हुने निर्देशीकाले स्पष्ट पारेको छ ।

तर यही निर्देशिका भित्र रहेर गत चैत्र ८ गते बाट जिल्लामा जारी एस ई ई परीक्षामा नव जागृती मावि तिलाहार चर्चामा आएको छ । सिम्वोल नब्बर अनुसार अल्फच्वेटीकल परिवर्तन गराएर ८० जना विद्यार्थीलाई परीक्षामा सहभागि गराएको विद्यालयले विद्यार्थीको भविष्य अन्योलमा पारेको हो ।

६ विद्यालयको सहभागितामा शिवालय ‘क’ केन्द्रमा जारी परीक्षामा बणाृनुक्रम नमिलाईकन परीक्षा सञ्चालन गरिएको छ। केन्द्राध्यक्ष भुपेन्द्र चापागाईले केन्द्रमा ६ विद्यालयको सभागिता रहेकोमा नवजागृती माविको मात्र विद्यार्थीको अल्फावेटीकल अडर नमिलेको पाइएको बताए ।

विद्यालयले सिम्बोल न ०७४५३००२०४७ सम्म अंग्रेजी अक्षर ए बाट टी सम्म अल्फावेट मिलाइएको छ भने सिम्बोल न ०७४५३००२०४ मा आएर पुन ए बाट नाम गरेर विद्यार्थीको अल्फावेट शुरु गीरएको छ । विद्यालयले तीन प्रकारका विद्यार्थी अध्ययन गरीरहेको जनाउँदै सिम्बोल नम्बर अनुसार अल्फावेटीकल अडर नमिलाएको बताएको छ । तीन वटै अल्फावेटीकलमा विद्यार्थीहरुलाई परीक्षामा सहभागि गारएको प्रध्यानाध्यापक विष्णु सुवेदीले बताए ।

यसरी निर्देशिका विपरीत कार्य गर्न दवाव भएपछि बाध्य भएर परीक्षामा सहभागि गराइएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

प्रध्यानाध्यापकका आफन्त माथिल्लो तहमा रहेका कारण विद्यालयले फारम फिर्ता गर्दा पनि जवरवस्ती गरेका कारण परीक्षामा सहभागि गराउनु परेको कार्यालयको परीक्षा शाखाले जनाएको हो ।

यसरी विद्यालयले परीक्षा निर्देशिका उल्लंघन गरेर ८० जना विद्यार्थीहरुको भविष्य जोखीममा पारेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply