पर्वत, २०७४ चैत १७ । पर्वत जिल्लामा कृषि क्षेत्रमा विनियोजन गरेको ६ करोड रकम मध्ये ४ करोड दुरुपयोग भएको छ । सात स्थानीय तह रहेको पर्वतमा ६ करोडको कृषि बजेट स्थानीय तहहरुले रकामन्तर गरेर दुरुपयोग गरेका छन् ।
कृषिको लागि विनियोजित रकममध्ये २ करोड मात्रै कृषिमा लगानी गरिएको छ भने बाँकी ४ करोड रकम विभिन्न शिर्षकहरुमा स्थानीयतहहरुले विनियोजन गरेका छन् ।
किसानहरुको लागि विनियोजन रकम स्थानीय तहरुले आफ्ना कार्यकर्ता पाल्नको लागि सडकमा विनियोजन गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत, पकेट, जोन क्षेत्र कायम भएको पर्वतमा स्थानीय तहरुले कृषिको बजेट रकमान्तर गरेर कार्यकर्तालाई खुसी पार्ने काम गरेका छन् ।