Sorry, that menu does not exist.
 

राधिका आचार्यको उपचारार्थ भान्सा सेवा समाज जापानबाट आर्थिक सहयोग !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७४ चैत १८ । बागलुङ नगरपालिका ६ की शारीरिक अपाङ्गता भएकी राधिका आचार्यलाई भन्सा सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ । २०६७ सालमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ढाडदेखी तलको भाग नचल्ने भएपछि स्पाइनलकर्डको समस्यावाट ग्रसित आचार्यको उपचारार्थ आर्थिक सहयोग गरिएको हो ।

पारिवारिक अवस्था कमजोर रहेकोले कर्म भुमीबाट जन्म भुमिको सम्झना स्वरुप स्थापना गरिएको सो संस्थाले संकलन गरेको ३५ हजार रुपैयाँ आईतवार आचार्यको निवासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

भान्सा सेवा समाज जापानका उपाध्यक्ष शिवप्रसाद सापकोटा तथा सचिव हरिभक्त सापकोटाले सो रकम आचार्य परिवारलाई हस्तान्तरण गरेका थिए ।

शारीरिक अपाङगता रहेकी राधिकाका श्रीमान रामप्रसाद आचार्यले अहिले सम्म उपचारको सिलसिलामा ७ लाख भन्दा वढी खर्च भैसकेको र आफ्नो आयश्रोत केहि नभएको हुदाँ अहिले दैनिक गुजारा गर्न समस्या भएको वताए । आफ्नो घर समेत नभएकोले विगत ७ वर्षदेखीनै अर्कैको घरमा वस्दै आएकोले घर वनाउन तथा उपचारको लागि आर्थिक समस्या रहेकोले व्यक्ती तथा संघ संस्थाहरुवाट सहयोग गरिदिनुहून अनुरोध गरेका छन । आचार्यका एक छोरा र एक छोरी रहेका छन् ।

छोराछोरी ससाना रहेको र आफु श्रीमतीको रेख देख गर्न वस्नु पर्ने वाध्यता रहेकोले आर्थिक समस्या भएको वताए ।
रकम हस्तान्त्रण कार्यक्रममा वोल्दै वडा अध्यक्ष खेमराज सापकोटाले भान्सा सेवा समाज जापानले गरेको सहयोगको प्रशंसा गर्दै आचार्य परिवारको लागि आफुले सक्दो सहायोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भान्सा सेवा समाज जापानका सचिव हरिभक्त सापकोटाले एक मानव भएर अर्को मानवको दुखमा साथ दिनुनै मानवीय कर्तव्य ठानेर संस्थाका अध्यक्ष कमल सापकोटाको पहलमा आफुहरुले रकम संकलन गरि सहयोग गरेको जानकरी दिए ।

भान्सा सेवा समाजका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सेवा समाजका सल्लाहकार गुरुप्रसाद सापकोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply