Sorry, that menu does not exist.
 

ढोरपाटन नपामा भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने अभियान जारी !

सुमन सुनार, बुर्तिवाङ २०७४ चैत १८ । जिल्ला पशुसेवा कार्यालय बाग्लुङले जिल्लाभर भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरेको छ । भेडाबाख्रामा महामारीको रुपमा फैलने पिपिआर रोगबाट बचाउन जिल्लाभर यो अभियान सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय बाग्लुङले जनाएको छ ।

यसैविच ढोरपाटन नगरपालिकामा पनि यो अभियान जारी रहेको पशु सेवा कार्यालय बुर्तिबाङका प्रमुख खुमानन्द पोखरेलले जानकारी दिए । प्रमुख पोखरेलका अनुसार नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ मा भेडाबाख्रामा पिपिआर विरुद्धको खोप लगाई सकिएको र अहिले वडा नं. २ र ३ मा जारी रहेको छ । २ नं. वडाको अर्नाक, सलामकोट, अर्नाकोट लगायतका स्थानमा खोप लगाईसकिएको छ भने सिमलचौर, भ्यालखर्क र रिनाममा बाँकी रहेको पोखरेलले बताए ।

पशुसेवा कार्यालय बुर्तिबाङ शाखाका प्रमुख पोखरेल सहित प्राविधिक दलसिंह श्रीष र टेकमायाँ खड्का लगायतका टोलीद्धारा नगरक्षेत्र भित्रका कृषकहरुको घर घरमा पुगेर भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने गरिएको छ ।

ढोरपाटन नगरपालिकामा करिव ८ हजार भेडाबाख्रामा खोप लगाउने लक्ष्य लिएको र अहिले सम्म करिव ४ हजारमा लगाईएको पशुसेवा कार्यालय बुर्तिबाङ शाखाका प्रमुख पोखरेलले ईबागलुङलाई बताए । यो खोप एक पटक भेडा बाख्रामा लगाएपछि पिपिआर रोगको खतरा नरहने उनको भनाई थियो ।
गत फागुन २८ गते देखि ढोरपाटन नगरपालिकामा उक्त अभियान सुरु गरिएको थियो ।

तस्बिर – पशुसेवा कार्यालय बुर्तिबाङ शाखाका प्राविधिक, दलसिंह श्रीष

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply