Sorry, that menu does not exist.
 

बचत गर्ने बारेमा थाहा नभएकाले काम गर्ने, पैसा कमाउने र खर्च गरी सिध्याउने गरेका छौं – श्रमीक

सुमन जि.सी. बागलुङ, २०७४ चैत १८ । ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसर पारी पूर्व सन्धायमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको सहयोगमा आयोजित श्रमीकहरुका लागि वित्तीय साक्षरता विषयक कार्यक्रममा उपस्थित सहभागिहरुले आफुहरुलाई हालसम्म बचत गर्नका लागि कसैले नसिकाएको गुनासो व्यक्त गरेका छन् ।

कार्यक्रममा श्रमीकहरुले नेपालमा सहकारी संस्थाहरु सञ्चालन भएको ६१ वर्ष पुगिसक्दा हालसम्म तपाईहरु कहाँ हुनुहुन्थ्यो ? भनी आयोजकलाई प्रश्न गरेका थिए । श्रमीकहरुले आफुहरुलाई बचत गर्ने बारेमा कुनै जानकारी नभएकाले काम गर्ने, पैसा कमाउने र खर्च गरी सिध्याउने गरेको बताए । बचत गर्ने ठाउँ र आफुहरुलाई सिकाउने मान्छे भएमा आफुहरु बचत गर्न प्रतिवद्ध रहेको समेत कार्यक्रममा सहभागि श्रमीकहरुले बताएका थिए । आफुहरुले दैनीक ज्यालादारी रुपमा ज्यानलाई जोखिममा राखी काम गर्दै आईरहेको र बचत गर्ने बानी नहुँदा दैनीक कमाई भएको पैसा उहि दीननै समाप्त हुने भएकाले काम गर्न नसक्ने हुँदा आफुहरुले खानासम्म नपाउने स्थिती रहेको श्रमीकहरुको भनाई थियो । श्रमीकरुले आफुहरुले धैरै दुःख गरेर काम गरेतापनी काम अनुसारको पैसा र कामको सम्मान नभएको समेत गुनासो व्यक्त गरेका थिए ।

बागलुङ बजारमा ढुङ्गा, गिट्टी, ईट्टा, बालुवा, लोड अनलोड, रिक्सा चालक, ड्राईभर, घर बनाउने लगाएतका काम गर्ने ४१ जना श्रमीकहरुलाई उपस्थित गराई गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचत नगर्दा भविष्यमा आईपर्ने समस्याहरुको बारेमा श्रमीकरुलाई उदाहरण सहित बुझाएका थिए । पौडेलले बचत जस्तोसुकै व्यक्तिले पनि गर्न सक्ने भन्दै आम्दानीको केही अंश पहिला बचतमा छुट्टाए पश्चात मात्र खर्च गर्नुपर्ने भनी श्रमीकहरुलाई सिकाएका थिए ।

कार्यक्रम पश्चात भोली नै ८ जना श्रमीकहरुले सिवाईसी साकोसको शेयर सदस्य बनी सक्दो बचत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । श्रमीकरुलाई शेयर सदस्य बन्दा संस्थाले रु. १ हजारको मात्र शेयर र प्रवेश शुल्क छुट दिने व्यवस्था मिलाएको छ ।

नेपालको सहकारी अभियानमा प्रत्यक्ष रुपमा ६० लाख भन्दा वढि मानिसहरुको सहभागिता रहेता पनी अझै पनी वास्ताविक वर्गहरु सहकारी भन्दा वाहिर रहेको अध्यक्ष पौडेलको भनाई थियो । सहकारीहरुले जतिसुकै काम गरेको भनी भाषाण गरेतापनी सहकारी आवश्यकता भएका वर्गहरुलाई सहकारीमा समेटी कति जनालाई धनी बनायौं भन्ने कसैसंग तथ्याङ्क नरहेको पौडेलले बताए । जिल्लामा सिवाईसीले सधै फरक काम गर्ने भएकाले यसरी गरिएको श्रमीकहरुसंगको कार्यक्रम नेपालमै पहिलो भएको समेत पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply