कोपिला कंडेल, बागलुङ २०७४ चैत २० । नेपाल भाषां मंका खलको आयोजनामा धौलागिरी अन्चल अस्पतालमा यहि चैत २६ गते नि:शुल्क मुटु परिक्षण स्वास्थ्य शिविर संचालन हुने भएको छ । शिविरमा करिब ३ सय जनाको नि:शुल्क मुटुरोगको परिक्षण गरिने मंका:खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
मुटुरोग परीक्षणका लागि काठमाडौका बरिष्ठ कार्डियो सर्जन डा. पुकार श्रेष्ठको नेतृत्वमा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. शेखर राजभण्डारी, डा.सम्पुर्णमान तुलाचन लगायतको टोली बागलुङ आउने भएको छ ।
त्यसैगरी शिविरमा पाचजना अमेरिकन स्वास्थ्यकर्मीको टोली समेत बागलुङ आउने कार्यक्रम रहेको बताईएको छ । शिविरमा मुटुरोग सम्बन्धी नियमित औषधी सेवन गरेका एबं दीर्घ मुटुरोगीलाई बिशेष प्राथमिकता दिईने धौलागिरी अंचल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. सागर राजभण्डारीले बताए । डा. राजभण्डारीका अनुसार मुटु सम्बन्धी जटिल समस्या देखिएकालाई अन्य स्वास्थ्य संस्थामा समेत रिफर गरिने छ ।
शिविर संचालनका लागि बागलुङ समाज कल्याण केन्द्र काठमाडौ, शहीद धर्मभक्त राष्ट्रिय अंङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, नर्भिक अस्पताल काठमाण्डौ, बागलुङ नगरपालिका, बागलुङ उद्योग बाणिज्य सघ,ं धौलागिरी अंचल अस्पताल एबं अस्पताल बिकास समिति लगायत विभिन्न संघसंस्थाहरुले संयोजन गर्ने बताईएको छ ।