Sorry, that menu does not exist.
 

पानी घट्टाबाट कमाउछन दर्लिङका तेज प्रसाद श्रेष्ठले बार्षिक १ लाख ५० हजार !

बिमल खड्का, बुर्तिवाङ २०७४ चैत २१ । पछिल्लो समयमा मानिसहरुमा आधुनिकताले छोएको छ । आधुनिकता छाउदै जादा नदीनालाको आसपासको किनारमा देखिने पानी घट्टाहरु यति बेला गाउँ घरमा यदाकदा मात्र देख्न पाईन्छ ।

उ बेला अन्नबाली पिस्न अहिले जस्तो मिलहरुको अभाव हुदा कैयौ मानिसहरु आफनै घरको झातोमा पिसेर गुजारा चलाउने गर्दथे । पहिले यदि कुनैको घरमा अन्नबाली पिस्ने झातो नहुँदा अरुकोमा नै गएर पिस्ने चलन रहिआएको थियो । आज भोली प्रबिधिको बिकास सँगै मानिसहरुमा त्यो प्रचलन हट्दै गयो । धेरै परको कुरा नगरौ हामी हाम्रो बुवा आमा हजुरआमा हजुरबुवालाई सोध्यौ भने हामी पहिले हातमा ठेला परुन्जेल अन्नबाली पिसेर दैनिकी गुजरा चलाउदथौँ भन्नुहुन्छ हजुर बुबामुमा ।

त्यसरी चलिरहेको मानिसको जीवन अहिले त्यो भन्दा धेरै अन्तर छ । यसैका बावजूद पनि कुनै न कुनै ठाउँमा त्यस्तो पनि छ कि बुढा बाबुहरुले अंगाल्दै आएको पेसा छोराहरुले सम्हालिरहेका छन । त्यसका उदाहरणका एक पात्र हुन बागलुङ जिल्ला बडीगाड गाउपालिका ९ दर्लिङ खोलाका तेज प्रसाद श्रेष्ठ । उनी बिहान सबेरै घरको काम सकेर आफुले गर्दे आएको पेसा पानी घट्टामा पुग्छन । बरिपरी पानी घट्टा भएपनि उनकोमा बढी पिसाउनेको भिड् लाग्ने गर्दछ । किन भने उनकोमा २ वटा पानी घट्टाहरु छन ।

उनले मकै, चामल, कोदो, फापर, बेसार पिस्ने गर्दछन । त्यसरी पिस्दा उनले एक पाथीको ६ मुठी (बाली) अथवा एक मुरी अन्न पिसाएबापत १ सय ५० लिने गर्दछन । यसरी कमाई गरेको श्रेष्ठले बार्षिक १ लाख ५० हजार भन्दा बढी कमाउने गरेको बताउछन । ६ जनाको परिवार भएकोमा २ छोराहरु उनीबाट छुटिएर बसेका छन । तर अहिले परिवारमा बुढा बुढी छन । उनीहरुको जीवनमा पानी अहिले आर्थिक उपार्जन गर्ने माध्यम नै त्यहि बनेको छ । उनी भन्छन अन्न पिसाएपछि अन्न पिसाए बापत अन्न नै *भूती दिए पनि यसरी जम्मा भएको भूती एक मुरीलाई २ हजार पर्ने बताउछन ।

यसरी संचालन भएको पानी घट्टामा उनले १ लाख लगानी छ । बुढेसकालमा छोरा बुहारी आफ्नै घरमा छन हामीलाई खानको लागी र जीवन गुुजारा गर्न पानी घट्टा साहरा बनेको छ । बिदेश जान पनि नसकिने भएकाले यो पेशाबाट ज्यादै सन्तुष्टी भएको बताउछन ।

*भूती कुटानी पिसानी गरे बापत दिईने अन्न (ज्याला)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply