Sorry, that menu does not exist.
 

सिर्जना सास्कृतिक समुह साउदी अरवले नया बर्ष २०७५ विशेष कार्यक्रम सहित स्वागत गर्दै

गुरु प्रसाद रेग्मी, युएई, २०७४ चैत २२ । (५ अप्रिल,२०१८) । नेपाली साहित्य , संगीत र नेपाली कला सस्कृतिको प्रबर्धन गर्ने उदेश्य अनुरुप गठन भएको सिर्जना सास्कृतिक समुहले अरवमा रहेर पनि नेपाली कला र साहित्यको क्षेत्रमा आफुले सकेको सहयोग र योगदान गर्दै आएको र यस पटक पनि यो समुहले नया बर्ष लक्षित विशेष कार्यक्रम आयोजना गरेको सस्थाका सचिव विमल बजगाइले वताए ।

बिगतका कार्यक्रमहरु भन्दा यो पटक कार्यक्रम अलि पृथक रहने र सोही अनुरुप कार्यक्रममा विशेष प्रस्तुतीहरु गित संगीत साहित्य को साथमा नृत्य र प्रहसन रहने कुराको समेत बजगाइले जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षणमा वरिष्ट गायक रविन सुब्बा फत्र, मेन्दोमाया । तामाङ सेलो गायक रोम लामा , गायक दिपक बि क गायक तिलक गुरुङ लोक दोहोरी गायक गुप्त बि क, जितेन पाख्रीन ,नगेन तामाङ रहने छन भने कार्यक्रमको अर्को आकर्षण बाशुरी वादक द्वय राज यात्री र हेम राज दुराको सुमधुर बाशुरी धुन रहने र कार्यक्रम आयोजक सिर्जना सास्कृतिक समुहलाई युनाइटेड रेमिट र ढाका मेडिकल हल साउदी अरवले कार्यक्रम प्रायोजन गरेका छन भने कार्यक्रम यही अप्रिल १३ ,२०१८ दिनको १२ बजे देखिन रियाद १८ स्थित स्तारहा हलमा हुने र कार्यक्रमको अन्तिम तयारी पुरा भैसकेको जानकारी आयोजक सिर्जना सास्कृतिक समुहका अध्यक्ष बिज्ञान राइले दिएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply