Sorry, that menu does not exist.
 

अखिल नेपाल शिक्षक संघको निसीखोला स्तरीय विस्तारित बैठक सम्पन्न

बुर्तिबाङ, २०७४ चैत २३ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको निसीखोला गाउँपालिका स्तरीय विस्तारित बैठक आज सम्पन्न भएको छ ।

अखिल नेपाल शिक्षक संघ निसीखोला गाउँपालिकाका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा भएको बैठकमा गाउँपालिकामा भएको शिक्षक संगठनको सांगठनिक संरचना र आगामी कार्ययोजनाको बारेमा छलफल गरिएको बताइएको छ । बैठकले आगामी बैशाख ४ र ५ गते जिल्लाको गल्कोटमा हुन लागिरहेको अखिल नेपाल शिक्षक संघको तेस्रो जिल्ला अधिवेशनमा निसीखोलाबाट १० जना शिक्षक प्रतिनीधिहरु पठाउने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले निकट भविष्यमै हुन सक्ने सबै शिक्षकहरुको साझा छाता संगठन शिक्षक महासंघ, नेपालको अधिवेसनलाई मध्यनगर गरी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संगठनमा आस्था राख्ने शिक्षकहरुको विवरण तयार पार्ने निर्णय समेत गरेको छ । बैठककै अवसरमा शिक्षक सेवा आयोगबाट अस्थायी शिक्षकहरुको लागि हुने भनिएको परीक्षाको मिति परिवर्तन र स्थगनले अस्थायी शिक्षकहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै शिक्षक महासंघमार्फत केन्द्रमा दबाब सिर्जना गर्ने निर्णय पनि गरिएको बताइएको छ ।

निसीखोला गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष जुनविक्रम शाही र प्रगतिशिल पत्रकार संघ बागलुङका सदस्य मिलन हमालको विशेष उपस्थिती रहेको बैठकको सञ्चालन अखिल नेपाल शिक्षक संघ, निसीखोला गाउँपालिकाका सचिव भूमिराज आचार्यले गरेका थिए । बैठकमा निसीखोलाका ३७ जना शिक्षकहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply