Sorry, that menu does not exist.
 

प्रवास : चापागाईंलाई अध्यक्षमा चुन्दै सकियो झापाली समाज युएईको दोस्रो अधिवेशन !

डिल्ली हुमागाई, युएई, २०७४ चैत २४ । (७ अप्रिल २०१८) झापाली समाज युएईको दोस्रो विशेष अधिवेशन शुक्रबार सम्पन्न भएको छ।रस अल खेमाहको केरला सोसाइटी कल्बमा सम्पन्न भएको दोस्रो विषेश अधिवेशनबाट निवर्तमान महासचिव अशोक चापागाईंको अध्यक्षतामा १६ सदस्यीय पदाधिकारी सर्वसहमत चयन भएका छन् । यस्तै उपाध्यक्ष, प्रथम ,द्धितिय र तृतीय उपाध्यक्षमा क्रमशः डिल्ली राम कटुवाल, जीवनाथ नेपाल र रेणु ढकाल चयन भएका छन् ।यस्तै महासचिवमा तेजमणि सुवेदी कोषाध्यक्षमा बुद्धिमान बुढाथोकी, सचीवमा प्रकाश सिग्देल र अमर राइ चयन भएका छन्। अन्य सदस्यहरुमा भीष्म भट्टराई,लिला बिमली ,लोकेश कोइराला ,बासुदेब चापागाईं ,किशोर केशी ,कृष्ण फुएल, कुन्दन मन्डल र मित्रलाल पोख्रेल रहेका छन् ।

अन्तर्रा्ष्ट्रिय कलाकार संघ युएईका महासचिव राम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाका निबर्तमान अध्यक्ष रोहित कुमार भण्डारीको सभापतित्व रहेको थियो । झापाली समाज युएईका पुर्ब केन्द्रीय सदस्य मित्रलाल पोख्रेलले अतिथिहरुलाई स्वागत गरेका थिए भने परिकल्पनाकार एवं प्रवक्ता राम प्रसाद ढुङ्गेल,कोषाध्यक्ष सुमन भट्टराई, साथै क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले आफ्ना भनाईहरु राख्दै अधिवेशन सफलताको कामना राखेका थिए ।

प्रमुख निर्बाचन समिति संयोजक एनआरएन युएई अबुधाबीका अध्यक्ष दुर्योधन कार्की सदस्यहरु पत्रकार महासघ शाखा युएईका सचीव मेघराज सापकोटा, पुर्ब केन्द्रीय सल्लाहकार हेमसागर भट्टराई, अबुधाबी क्षेत्रीय समिती सल्लाहकार प्रमुख नरेश लामिछाने रहेका थिए। कार्यक्रममा निबर्तमान अध्यक्ष भण्डारीले बिगतको समितिले गरेको प्रगती बिवरण र सुझाव सहितको प्रतिबेदन पेश गरेका थिए भने निबर्तमान कोषाध्यक्ष सुमन भट्टराईले बार्सिक आय ब्यय सहितको आर्थिक परतिबेदन पेस गरेका थिए।पुर्ब प्रथम उपाध्यक्ष तेजमणी सुबेदिको संयोजकत्वमा बनेको बिधान संसोधन समितिमा मित्रलाल पोख्रेल रहनु भएको थियो भने उक्त समितिको तर्फबाट मणि सुबेदीले बिधान प्रस्तोत गरेका थिए। प्रवाशमा रहेर झापालीहरुमा एकता, सहयोग र सहकार्यको भावना यथावत राख्दै साथै सबै नेपालीको दुख पिडामा सहयोग गर्दै अगाडि बढने अधिवेशनको हलमा बताए।

कार्यक्रमको अन्त्यमा पुर्वकोषाध्यक्ष सुमन भट्टराईलाई बिदाई गरिएको थियो।युएईमा रोजगारीका क्रममा रहदा समाजको गतिविधिका साथै संस्थाको चौतर्फी विकासमा योगदान गरेकोमा समाजका केन्द्रीय कोषाध्यक्ष सुमन भट्टराईलाई बिदाई गरिएको हो । झापा भद्रपुर स्थायी घर भएका भट्टराई ७ वर्षको युएईको रोजगारीलाई छाडेर आफ्नो अनुभव र क्षमतालाई नेपालमै खर्चने योजना र प्रबाशी झापाली एग्रो फार्मको प्रोजेक्ट कोअडिनेटरको जिम्मेवारीको साथमा आगामी ८ अप्रिलमा नेपाल फर्कदै छन् ।रास अल खैमामा भएको भट्टराईको बिदाई तथा सम्मान कार्यक्रममा उहाको योगदान र व्याक्तित्वको बारेमा नवनियुक्त महासचिव तेजमणी सुवेदी र निबर्तमान रोहित भण्डारीले बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply