Sorry, that menu does not exist.
 

टेलिकमको टावरले काम नगर्दा महिना दिन देखि ढोरपाटनबासी सन्चार सम्पर्कबाट बन्चित !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत २४ । ढोरपाटनमा राखिएको नेपाल टेलिकमको टावरले काम नगरेपछी त्यसक्षेत्रका उपभोक्ताहरु सन्चार सम्पर्क बिच्छेदको अवस्थामा छन् । आपात्कालीन सन्चार सम्पर्कका लागि उपभोक्ता स्थानीयबासी केहि माथी डाँडामा उक्लिएरमात्र सन्चार सम्पर्क गर्नुपर्ने बाध्यतामा छन् ।

टेलिकमको टावरमा बिद्युत सप्लाईका कारण अवरोध आएको र भोल्टेज तलमाथी भैरहने हुँदा टावरको मोडियम जलेको श्रोतले बतायो । झण्डै महिना दिन देखी टेलिफोन मोबाईल सेवा ठप्प छ ।

दिनहुँ जसो सयौँको संख्यामा ढोरपाटन घुम्न जाने आन्तरिक एव बाह्रय पर्यटक एवं स्थानीयवासीहरु सन्चार अबरुद्ध हुँदा बाह्य जगतसंग सम्पर्कविहीन बन्नुपरेको दुखेसो व्यक्त गरिरहेका छन् ।

केहि दिन पहिले टेलिकम टावरको मोडियम राउटर बिग्रेपछी त्यसलाई मरम्मत गर्न काठमाडौ पठाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले ईबागलुङलाई बताएका थिए । मरम्मत पछी ल्याएर परीक्षण गर्दा समेत काम नगरेकोले काठमाडौबाट प्राविधिक झिकाएर टावर मरम्मत गर्ने तयारी गरिएको श्रोतले बतायो ।

आसन्न ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङ तथा यसै चैत महिनाको ३० गते प्रधानमन्त्री केपी ओलीको ढोरपाटन अवलोकन भ्रमण अगावै टलिकमको टावर सन्चालनमा आउन सके सुनमा सुगन्ध हुने ढोरपाटनबासीले बताएका छन् ।

तस्वीर सौजन्य: दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply