Sorry, that menu does not exist.
 

बागलुङ जिल्ला अदालतबाट ९ महिनामा सम्वन्ध बिच्छेदका ७६ मुद्दा फछ्र्यौट !

बिमल खड्का, बागलुङ २०७४ चैत २४ । पछिल्लो समय पतिपत्नीबीच सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ । लोग्ने बैदेशिक रोजगारीमा जानेक्रम ह्वात्तै बढे सँगै पतिपत्नी बीच सम्बन्ध बिच्छेद हुने गरेको तथ्याँकले देखाएको छ । महिला मैत्री नेपालको कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको विश्लेषण गरिएको छ । यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनपरदिन बढ्दै जाँदा पारिबारिक बिचल्लीको अवस्था समेत समाजमा देखिएको छ ।

बागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार पतिपत्नी बीच सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो । महिलाका तर्फबाट ७३ र पुरुषका तर्फबाट ३ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फछ्र्याैट भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताईएको छ ।

बागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गते सम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फछ्यौँट भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको १ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

फौज्दारी तर्फ गत आबबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्य ४० फछ्र्याैट भएका छन् भने देवानी तर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ थान फछ्र्यौट भएका छन् ।

यसैगरी देवानी फौज्दारी तर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फछ्यौट भएको श्रोतले बतायो ।

श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।

तस्वीर- जिल्ला न्यायाधीश प्रकाश पण्डित ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply