छविलाल पाण्डे बुर्तिवाङ २०७४ चैत २४ । ईलाका वन कार्यालय बुर्तिबाङको आयोजनमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि शनिबार सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिका अन्तर्गत वडा नं १ देखि ३ सम्मका ७ सामुदायिक वन उपभोतmा समितीका पदाधिकारीको बिचमा सामुदायिक वनमा भईरहेका गतिबिधि र आगामि आर्थिक बर्षमा जिल्ला वन कार्यालयमा माग गर्ने गरी कार्यक्रम तथा योजनाको छनौट गरिएको छ ।
योजना गोष्ठिमा सल्लेरी, माडे, टाकुरा, च्याँनडांडा, खड्ग देउराली तथा भालुमारे सामुदायिक वन लगायतका उपभोतmा समितीका पदाधिकारीको सभागिता रहेको थियो ।
गोष्ठीमा बिगतदेखि आफनो सामुदायिक वनमा भईरहेका गतिबिधी, आगलागीको अबस्था, रोकथामको प्रयास
लगाएतका बिषयमा छलफल गरिएको थियोे ।
त्यस्तै सोहि कार्यक्रममा जिल्ला वन कार्यालयमा पठाउने गरी आर्थिक बर्ष २०७५÷७६ का लागि सामुदायिक वनलाई थप ब्यबस्थित बनाउनका निम्ती आगलागिबाट जोगाउन जनचेतना अभिबृद्धि मुलक कार्यक्रमलाई अगाडि बढाउनु पर्ने , झाडी सफाई,अग्निरेखा निर्माण, वनक्षेत्रमा तारजाली द्धारा घेराबार, तथा वनभित्र बिभिन्न स्थानमा गोरेटो बाटो निर्माणका निम्ती जिल्ला वन कार्यालयमा माग गनुपर्ने लगाएतका निर्णय समेत गरिएको सहभागीले ईबागलुङलाई बताए ।