Sorry, that menu does not exist.
 

मृगौला पीडित न्यौपानेको लागि लाखौ रकम सहयोग संकलन !

अनिश शर्मा गैरे, गुल्मी (वामी) २०७४ चैत २५ । सात बर्ष अघि मृगौला प्रत्यारोपण गरेका गुल्मी वामीका एक युवकको फेरी मृगौला फेल भएपछि उपचारको लागि उनलाइ आर्थिक सहयोग संकलन जुट्न थालेको छ ।

चरम आर्थिक अभावको कारण उपचार गर्न समेत नसक्ने अवस्थामा रहेका मुसिकोट नगरपालिका ८ अर्जेका राजु न्यौपानेको लागि रकम संकलन हुन लागेको हो । वामी बिश्व सम्पर्क मञ्चका संस्थापक बैकुण्ठ रायमाझीले चेक गणतन्त्रबाट दिएको जानकारी अनुसार बिरामी न्यौपानेका भिनाजु गँगाराम घिमिरेको अनुरोधमा शान्ति समाज युके मार्फत रु ४ लाख ७० हजार रकम संकलन भएको छ । त्यसैगरी राजुकी जेठानी दिदी प्रिन्स खरेलको पहलमा जापानबाट १ लाख ९६ हजार आर्थिक रकम जुटेको छ ।

त्यसैगरी वामी बिश्व सम्पर्क मञ्चले रु २ लाख ३२ हजार रकम संकलन गरेको छ । संस्थापक रायमाझीका अनुसार जापानमा संकलित रकम बिरामीको खातामा जम्मा भइसकेको छ भने बिश्व सम्पर्क मञ्चले संकलन गरेको रकम केही मात्र पठाइएको छ । केही बाँकी रहेको छ । युकेमा संकलन भएको रकम अब पठाउने तयारी भइरहेको छ ।

७ बर्ष अघि १५ लाख खर्चेर मृगौला प्रत्यारोपण गरेको भएपनि फेरी त्यही मृगौला फेल भएपछि उनलाइ अब आफ्नो प्राण धान्न पनि समस्या भएको छ ।

कलाधर न्यौपानेका छोरा ३५ बर्षीय राजु अहिले भारतको रोतकमा हप्तामा तीन पटक डाइलासिस गराउँछन । ‘एक हप्तामा तीन पटक डाइलासिस गराउनु पर्छ, त्यसको लागि एकपटकमा २७ सय रुपैया भारतीय पैसा खर्च हुन्छ’ उनी सँगै रहेकी उनकी फुपु माया लामीछानेले भनिन् । उनले अब उपचार गर्नको लागि ३० लाख रुपैया आवश्यक पर्ने चिकित्सकले बताएको तर त्यो पैसा आउने श्रोत भने आफुहरु सँग नभएको जानकारी दिइन् ।

सात बर्ष पहिले दुइ वटै मृगौला फेल भएर एउटा नया मृगौला प्रत्यारोपण गरी अहिले सम्म शान्तिको स्वास फेरेका उनलाइ फेरी उही बिपत्ती आइपरेको छ । घर आएको बेलामा बिरामी परी बुटवलमा गएर जाँच गराउँदा मृगौला फेल भएको थाहा भएको लामीछानेले बताइन् ।

न्यौपानेले राम्रो सँग काम सुन्न पनि असमर्थ छन । उनको उपचारको लागि सहयोग जुटाइदिन पहल गर्न उनले रेडियो पुष्पाञ्जली सँग आग्रह गरीन् । अहिले जुटेको सहयोग संकलन पनि रेडियो पुष्पाञ्जलीकै पहलमा सुरु भएको हो ।

यो एक जीवन सँग जोडिएको कदम हो । त्यसैलै तपाइ हामी सबैको सानो सहयोगले पनि न्यौपाने जीवन बाँच्ने चाहाना पुरा हुन सक्छ । त्यसैले आफुले सक्दो सहयोग गर्न हामी सबैमा आग्रह गर्दछौ । आउनुहोस जीवन सँग जोडिएको यो अभियानमा साथ दिऔँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply