Sorry, that menu does not exist.
 

बागलुङ नगरपालिका-६ पूर्ण खोपयुक्त वडा घोषणा

कृष्णप्रसाद सापकोटा, बाथदसङ २०७४ चैत २५ । बागलुङ नगरपालिका वडा नं ६ लाई शनिवार पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडा भरका १६ महिनादेखि २३ महिना पुगेका बालबालिकाहरुले पाउनुपर्ने खोप पाएको तथ्यांकपछि एक कार्यक्रमका बिच खोपयुक्त वडा घोषणा गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य चौकीका सबै समेतको संयुक्त पहलबाट उनीहरुलाई पूर्ण खोप लगाइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभाका सासंद इन्द्रलाल सापकोटाले मानिसको स्वास्थ्य राम्रो भए मात्रै समाज परिवर्तन हुन सक्ने भन्दै बालबालिकाको स्वास्थ्य प्रति सदैव सचेत रहनुपर्ने बताए । राज्यले जनतालाई स्वस्थ राख्न खोप अभियानमा अर्वौ खर्च गरेकाले यसको उपयोग जनताले गर्नसके मात्र प्राण घातक रोगबाट मुक्त रहन सकिने उनको भनाई थियो ।

उनले सामान्य कुरामा ध्यान नदिदा लाखौँ रुपैँया खर्च गर्नुपर्ने भएकाले व्यक्ति, परिवार, गाउँ, समाज, स्वस्थ बन्दै गएमा नेपाल सफा सुन्दर देश बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समितिका अध्यक्ष राजेन्द्र ढुङगानाले सबै नागरिक स्वस्थ्य बन्नका लागि राज्यले ल्याएको निशुल्क खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले वडालाई सदैव पुर्ण खोप युक्त बनाइराख्न सम्पुर्ण नागरिक, स्वास्थकर्मी तथा जनप्रतिनिधि लागिराख्नु पर्ने वताए । साथै आगामी केहि महिना भित्रै जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
सो अवसरमा अभियानलाई सफल बनाउन पहल गर्ने महिला स्वयंसेविकाहरु, स्वास्थ्य संस्थाका कर्मचारी तथा स्वास्थ चौकिका पुर्व समितिका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटा, नगर स्वास्थ संयोजक जीवन कुमार शाक्य, स्वास्थ चौकीका पुर्व व्यवस्थापन अध्यक्ष रुद्रबहादुर केसी, स्वयं सेविका शान्ता देवी शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । वडा अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता, लहरेपिपल स्वास्थ्य चौकीका सिनियर अहेव इन्द्रबहादुर थापाको संचालन तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कुलबहादुर कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply