Sorry, that menu does not exist.
 

गरिवी निवारण भन्दै सहकारीले बार्षिकोत्सवमा सम्मान गरेपनि गरिवी निवारण हुँदैन- सांसद पौडेल

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत २६ । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सेवा केन्द्र गल्कोटले आयोजना गरेको केन्द्रिय कार्यालयको नबौ स्थापना दिवश तथा हटिया सदस्य सेवा केन्द्रको तेस्रो स्थापना दिवसको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेलले गरिवी निवारणका लागी पैसा मात्रै दिएर नहुने बताए ।

उनले धेरैजसो सहकारीले गरिवी निवारण भन्दै सहकारीको बार्षिक उत्सव कार्यक्रममा सम्मान गर्ने गरेता पनि त्ससले गरिवी निवारण नहुने बताए ।

पछिल्लो समय धेरै मात्रामा सहकारीहरु बिभिन्न उदेश्य राखेर खोल्ने गरेता पनि उनिहरुको काम ऋण र लगानी बाहेक अरु नभएको पौडेलको भनाई छ ।

कार्यक्रममा सिवाईसी नेपालका बचत तथा ऋण अधिकृत शान्ति शर्मा, हटिया सेवा केन्द्रका सल्लाहाकार समिति सदस्य भक्त घर्ति, खिम साहनी, माओबादी केन्द्रका तुलनाथ कडेल, हटिया सेवा केन्द्रका प्रबन्धक कृष्ण कडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

हटिया सेवा केन्द्रले आजदेखि सस्थाका ४ जना जेष्ठ सेयर सदस्यहरुलाई प्रत्येक महिना ७ सय ५० का दरले बृद्ध भक्ता दिन सुरु गरेको छ । त्यस्तै कार्यक्रममा ५ जना असल ऋणी र ७ जना नयाँ सेयर सदस्यहरुलाई स्वागत गरिएको सहकारीले जनाएको छ ।

कार्यक्रममा सदस्य सेवा केन्द्र हटियाको बिषयमा सेवा केन्द्र प्रमुख रिमा भण्डारीले जानकारी ग।राएकी थिईन् ।
कार्यक्रम सेवा केन्द्रका सञ्चालक समितिका सह संयोजक सरस्वती कार्कीको अध्यक्ष्ता, सहप्रबन्धक रोजिना गुरुङको स्वागत मन्तब्य र सचिव मिना चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सस्थाले प्रत्येक बर्ष स्थापना दिवसको अवसरका अवसरमा १ हप्ते कार्याक्रम गर्दै आईरहेको छ । गत २०७२ सालमा स्थापना भएको सेवा केन्द्रमा हालसम्म ९ सय ८० जना सेयर सदस्य र १ करोड २५ लाख पुगेको सेवा केन्द्रका प्रमुख रिमा भण्डारीले बताईन । सस्थामा ३ करोड ८५ लाख बचत संकलन भएको छ भने ११ करोड लगानी गरिएको भण्डारीले जानकारी दिएकी थिईन ।

केन्द्रले हालसम्म गल्कोटका सबै वडालाई समेटेर कारोबार गरेको छ । सस्थाले ३ सय ३५ दिन २४ घण्टा ईमरन्जेन्सी कलिङ सेवा, ५ बजेदेखि ६ बजेसम्म सन्ध्याकालिन सेवा, सेमिट्यास सेवा, अर्धोदैबिक सेवा, ७० बर्ष पुरा भएकालाई बृद्ध भक्ता, सुत्केरी भेटघाट सुबिधा, नयाँ बुहारी स्वागत कार्यक्रम, जेष्ठ नागरिक तिर्थयात्रा कार्यक्रम, एकल महिलाका लागी पेन्सन सुबिधा लगायतका सेवाहरु प्रदान गर्ने जुनियर बजार ब्यवस्थापक यमुना काउचाले जानकारी दिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply