छविलाल पाण्डे बुर्तिबाङ २०७४ चैत २६ । सिवाईसि बचत तथा क्रणसहकारी संस्था लीमिटेड सेवाकेन्द्र बुर्तिबाङले सोमबार स्थापनाको ९ बर्ष प्रबेशको अबसरमा स्थापना दिवस तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०६६ साल चैत्र २६ गते बागलुङ बजारमा स्थापना भएको उतm सहकारी संस्थाले जिल्लाका बिभिन्न शहरमा ८ सेवा केन्द्र स्थापना गर्दे हालसम्म उत्कृष्ट सहकारीको रुपमा काम गरिरहेको अबस्थामा आज नवौं बर्ष प्रवेशको अबसरमा एक कार्यक्रम सहित स्थापना दिवश मनाईएको हो ।
केक काटेर बार्षिक उत्सबको उद्घाटन गरिएको उतm कार्यक्रमको अध्यक्षता सिवाइसी साकोस सेवाकेन्द्र बुर्तिबाङ सञ्चालक समिती उपसंयोजक कृष्ण केसीले गरेका थिए ।
कार्यक्रमको उद्घाटन ंसंगै थप सफलताको शुभकामना ब्यतm गर्दे उत्कृष्ट ऋणी मध्ये बिगत दुई बर्षदेखि लगातार रुपमा निर्धारीत समयमा कर्जा चुतmागर्ने पांच जना सेयर सदस्यलाई ग्रिनकार्ड हस्तान्तरण गराउदै सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका अबसरमा सञ्चालक समिती कोषादक्ष केशकुमार बुढामगर, समिती सदस्य लिलमाया पुन, सल्लाहकार समिती सदस्य शेरमान घर्ति, सेयर सदस्य धनबहादुर कुवंर, धनबहादुर अदै, राजमान बुढा, सिवाईसि नेपाल सेवाकेन्द्र बुर्तिबाङका प्रबन्धक दयाराम थापा, सेयर सदस्य केयरसिंह गुरुङ लगाएतले सुभकामना ब्यतm गर्दै सिवाईसि साकोसको थप सफलताको सुभकामना ब्यतm गर्दे सेवा प्रवाहको माध्यमबाट जनताको मन जित्नका निम्ती अझै प्रयत्नशील रहनु पर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रमका अबसरमा सिवाईसि साकोस सेवाकेन्द्र बुर्तिबाङका प्रबन्धक प्रकाश आर्चायले बोल्दै सहकारी संस्था बिशुद्ध नाफामुखी जनताको सेवामुखी
भएका कारण यसलाई माथि उठाउन सञ्चालक समिती, सेयर सदस्य र कर्मचारीको महत्वपुर्ण भुमिका रहने हुंदा सबैले निरन्तर मिहिनेत गर्नुपर्ने बताउदै
सहभागी ऋणी राजमान बुढा, धनबहादुर अदैलाई ग्रिनकार्ड उपलब्ध गराएर सम्मान गरीएको थियो । बिगत २ बर्ष पहिले बुर्तिबाङमा सेवा बिस्तार गरेको उतm संस्थाको यसक्षेत्रमा करिब ८ सय सेयर सदस्य संख्या प्रयाएदै २४ अैं घटा सेवा प्रवाहलाई अगाडि बढाएको हो ।
आयोजित कार्यक्रम सेयर सदस्य हेमलाल श्रीसको स्वागत सेयर सदस्य छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।