पूर्ण भद्र निउरे, ताराखोला २०७४ चैत २८ । एकिकृत अखिल नेपाल शिक्षक संगठन ताराखोला गाउँपालिकाको आयोजना मा भेला तथा प्रशिक्षण सोमबार ताराखोलामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश न ४ का वरिष्ठ उपाध्यक्ष फणीन्द्र खड्काले नेपालमा जतिसुकै शिक्षा मन्त्री फेरिदै गPklg कहिल्यै शिक्षा नLतिको सुधार र शिक्षकका पेशागत समस्याहरुको सम्बोधनमा ठोस उपलब्धी हुन नसकेको बताए । उनले एकीकृत अखिल नेपाल शिक्षक संगठन शिक्षकका जाoज माग पूरा गराउन सधै प्रयत्नशील रहेकोले स्थानिय तहको शैक्षिक सुधारमा पनि यस संगठन को अग्रणी भुमिका हुने कुरामा जोड दिए ।
कार्यक्रमा ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती , उपाध्यक्ष दिल कुमारी पुन रोका , एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिका अध्यक्ष नगेन्द्र खरेल , YCL बाग्लुङ जिल्ला इन्चार्ज नेरेश के सि , वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री ,जिल्ला सदस्य थम प्रसाद रोका लगायत ले मन्तव्य राखेका थिP भने जिल्ला उपाध्यक्ष गणेश बहादुर घर्ती ले संगठन को परिपत्र बाचन गरेका थिP ।
यसै बिच सोहि कार्यक्रम मा वडा न २ मा अ्मर बहादुर छन्त्याल , ३ मा झम बहादुर पुन, ४ मा बिबेक परियार र ५ मा पोक बहादुर घर्ती को सयोजक रहने गरि ७/७ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन ताराखोला गाउपालिका को वडा कमिटी गठन गरिएको अध्यक्ष नर बहादुर घर्ती ले जानकारी दिए ।
कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन ताराखोला गाउँपालिका का अध्यक्ष नर बहादुर घर्ती को अध्यक्षता, सदस्य रबिन घर्ती को स्वागत र सचिब पूर्णभद्र निउरे को संचालन मा सम्पन्न भएको थियो ।