छविलाल पाण्डे बुर्तिबाङ २०७४ चैत २८ । नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङको आयोजनामा सबै स्थानीय तहमा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं २ अन्तर्गत चार गांउपालीका र दुई नगरपालिकामा सञ्चािलत प्रशिक्षण मुलक कार्यक्रमका अबसरमा पार्टीका कार्यकर्ता, स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि, बिभिन्न भातृ संगठनलाई प्रभाबकारी रुपले अगाडि बढाउनका निम्ती प्रशिक्षण मुलक कार्यक्रम गरिएको क्षेत्रिय सभापती दोर्ण कुमार कुवंरले ईबागलुङलाई बताए ।
अन्य पांच स्थानीयतहमा कार्यक्रम सम्पन्न भएसंगै मंगलबार क्षेत्र नं २ अन्तर्गत प्रदेश (क) को बडीगाड गांउपालिका केन्द्र ग्वालिचौरमा प्रशिक्षण मुलक कार्यक्रम गर्दे गांउ नगर स्तरीय कार्यक्रमको समापन भएको र अब केहि दिनमै वडा तहमा प्रशिक्षण मुकल कार्यक्रमलाई अगाडि बढाईने क्षेत्रिय सभापती कुवंरको भनाई छ ।
बडीगाड गांउपालिकामा आयोजित कार्यक्रममा क्षेत्रिय सभापती कुंवरको अध्यक्षतामा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद डाक्टर डिला संगौला, दलित संघ पुर्व महासचिव तथा संघिय सांसद प्रकाश स्नेहि, नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावाली लगायतको प्रशिक्षण रहेको थियो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी डा. संग्रौलाले पशिक्षण मन्तब्यका क्रममा निर्वाचन एक प्रकृया र लोकतन्त्रको मियो भएका कारण यसपटक नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षाकृत जित हासिल गर्न नसक्दा कार्यकर्तामा निराशा छाएको बताउदै अबको समयमा निराश भएर समय बर्बादि नगर्ने कार्यकर्तालाई आग्रह गर्दे चुनाबमा हार भएपनी नेपाली कांग्रेसको एजेन्डा र मुद्दाले हार नखाएको र अबको पांच बर्षमा सबैको सक्रियताका साथ नंयाँ अठोट लिएर अगाडि बद्दै जानुपर्ने र आगामि पांचबर्ष पछि जुनकुनै हालतमा पार्टीलाई पहिलो शक्ति बनाएरै छोड्ने अभियामा जुट्न आग्रह गरिन ।
उनले केपि ओली सरकारले चुनाबको समयमा जनतालाई झुक्याउने खेल रचेर चुनाब जितेपनी खोक्रो राष्ट्रबादका कारण अर्का निर्वाचनमा नतिजा देखाईदिने बताईन ।
त्यस्तै कार्यक्रमका अबसरमा प्रशिक्षक स्नेहिले नेपाली काग्रेसले २००७ सालदेखि २०६२, ०६३ लगायतका समयमा देखि २०७० सालको संबिधान निर्माणको सम्बन्धमा समेत खेलेको नेतृत्वदायी भुमिका तथा दलित, महिला, जनजाति, अत्पसंख्यक, मुस्लिम, पहाडी, हिमाली, तराईबासी सबैलाई जोड्ने पार्टी काग्रेस भएको बताएका थिए ।
कार्यक्रममा ज्ञावालीले नेपाली काग्रेसका कार्यकर्ताले काग्रेसको संगठन निर्माण र सुधारका लागी खेल्नुपर्ने भुमिका, आचरण र सैदान्तिक बिषयमा जानकारी गराउंदै अरु दलले आफुले गर्दै नगरेका कुरा प्रचारमा लिएर चुनाब जित्ने गरेपनी नेपाली कांग्रेसले ईमान्दारीताका साथ आफुले गरेका कामको समेत बाहिर प्रचार नगर्दा थप समस्या हुने गरेको बताउदै अबका दिनमा जनताको मनजित्ने गरी समाज रुपान्तरण, तथा पार्टिका मुख्य एजेन्डालाई जनतामाझ पुर्उदै गुट उपगुट नभई सिंगो कांग्रेस पार्टीको रुप लिएर गांउ पस्न नेता कार्यक्रतालाई आग्रह गरे ।
उतm अबसरमा नेपाल महिला संघ केन्द्रिय सदस्य तारा अधिकारी लगाएतको समेत मन्तब्य रहेको थियो । कार्यक्रममा पुर्व सांसद नरबहादुर पुन निरज, महाधिवेशन प्रतिनीधि मञ्जु शर्मा चालिसे, यामबहादुर श्रीस, जिल्ला सदस्य फमबहादुर खत्री, नेपाली कांग्रेस बडीगाड गांउपालिका संयोजक अर्जुनप्रसाद खरेल, लगाएतको सहभागिता रहको हो ।
कार्यक्रम बडीगाड गांउपालिका संयोजक खरेलको स्वागत, क्षेत्रिय सचिब तिलक घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।