Sorry, that menu does not exist.
 

आजको तस्वीर : गल्कोटे राजाको दरबार !

गल्कोट, २०७४ चैत २८ । एक जमानाको हराभरा हरिचौर यतिबेला कुना परेको छ । केहि वर्ष पहिले सम्म अर्थात एशियाली विकास बैँकले बागलुङ-बर्तिवाङ मोटरबाटो खन्नु अघीसम्म निकै चहलपहल रहने हरिचौर र पछिल्लो समय मध्यपहाडी लोकमार्ग निर्माण भएपछी थप ओझेलमा परेको आभास गल्कोटबासीलाई भएको छ ।

बाईसी/चौबीसी राज्यकालमा गल्कोट राज्यको राजधानी रहेको हरिचौर सुन्दर त अहिले पनि छ, ब्यवस्थित बजारपनि छ, प्राकृतिकरुपमा हराभरापनि छ तर सडक यातायातबाट कोल्टे परेपछीको पीडानुभूती हरिचौरबासीको मुहारबाट बुझ्न सकिन्छ ।

हरिचौर र राजा भरतबम मल्लले त्यहाँ निर्माण गरेको दरबारबीच अन्योन्यास्रित सम्वन्ध छ । यतिमात्र होईन, गल्कोटे राजाको दरबार हरिचौरको मात्र नभएर गल्कोट उपत्यकाकै धरोहरको रुपमा रहेको छ भन्नु अत्युक्ति हुनेछैन । त्यसैले यसको संरक्षण हुन अति नै जरुरी छ ।

गल्कोट नगरपालिकाका नगरप्रमुख, उपनगर प्रमुख सहित सामाजिक व्यक्तित्वहरुले दरबार अगाडी उभिएर खिचेको तस्बीर स्वयं नगरप्रमुख भरत शर्मा गैरेले सामाजिक सन्जाल फेसबुकमा शेयर गरेपछी मान्यवरहरुको दृष्टि दरबारमा परेकोले दरबारले थप स्याहार सुसार पाउने विश्वास गरिएको छ ।

आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र रहेको दरबारको आगामी समयमा व्यापक प्रचार प्रसार गर्न गल्कोट नगरपालिकाले अग्रसरता देखाउने नगरवासीले आशा गरेका छन् । यसका लागि लाखौँ चन्दा उठाएर महोत्सव नै गर्नु पर्ने आवश्यकता पनि देखिदैन । व्यक्तिगत स्वामित्वमा रहेको यस दरबारको मरम्मत संभारका लागि राजपरिवारका सदस्यहरुले नै दिल खोलेर अघि आउनु पर्छ । पुर्खाको ईज्जतसंग जोडिएको दरबार कानूनीरुपमा ज-जसको नाममा रहेपनि यो गल्कोटको धरोहर हो भन्ने बास्तविकतालाई मनन गरेर राजपरिवारका सदस्यहरुले महानता देखाउने समय आएको छ । गल्कोट नगरपालिकाले यस दिशामा सोँच्नै पर्छ ।

यो पनि पढौँ :
साताको तस्वीर : जीर्ण गल्कोट दरबार !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply