कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ चैत २८ । बागलुङ क्षेत्र नं. २ का स्थानिय तहका जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरु संग खर्वाङमा अन्तरक्रिया गर्दै सांसद देवेन्द्र पौडेलले अवको विकास स्थानिय तहवाटै हुने वताएका छन् । तत्काल तमानखोलाको खुङ्खानीवाट नर्जा सम्म र बडीगाडका दर्लिङ, रणसिंह किटेनी तथा सिसाखानीमा सडक ट्रयाक अनिवार्य खोल्नुपर्ने उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा सांसद पौडेल सहित, पूर्व सभासद् वलावती शर्मा, गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, तमान खोला गाउँपालिकाका प्रमुख जोकलाल वुढा, ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्ती, उपप्रमुख डिल कुमारी पुन, नेकपा एमालेका संघिय मामिला तथा स्थानिय विकास विभाग केन्द्रिय सदस्य सुनिल शेरचन, नेपाली काग्रेसका क्षेत्रिय सभापति दोर्ण कुँवर, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य फमलाल न्यूरे, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष वेदिलाल सापकोटा, नेकपा एमाले बडीगाड गाउँपालिकाका उपसंयोजक तिर्थमणि भुसाल, प्रेस सल्लाहकार कमल पौडेल, नेकपा माओवादी केन्द्र ढोरपाटन नगरकमिटि अध्यक्ष चन्द्र अर्याल, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, फमलाल खत्रि लगाएतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ भित्रका स्थानिय तहका प्रमुख, उपप्रमुख, केहि वडा अध्यक्ष, क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन क्षेत्र भित्र संचालन गर्न सकिने योजना, नितिगत सुधार लगाएतका विषयमा छलफल भएको थियो। कार्यक्रममा प्रत्येक गाउँपालिकाका संभाव्य योजना तथा गर्न सकिने कामहरुलाई सुचिकृत गरिएको थियो । त्यस्तै मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडक, कालीगण्डगी करिडोर, उत्तरगंगा जलाशय युक्त हाइड्रो, विमान स्थल, खानीहरुको उत्खनन् संभाव्यता, पर्यटन, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा छलफल भएको छ।