Sorry, that menu does not exist.
 

तमान युवा क्लबव्दारा आयोजित चैत्राष्टमि मेला सम्पन्न !

बसन्त सुतपहरे घर्ती मगर, तमान २०७४ चैत २९ । तमान युवा क्लब, तमानखोला गाउँपालिका- ३ तमान, बागलुङको आयोजनामा भएको चैत्राष्टमि मेला (२०७४) को समापन भएको छ ।

समापन कार्यक्रममा खुला फुटबल खेलमा प्रथम तमान युवा क्लब, तमान (ए) लाई पाचौं पुर्ण स्मृती कप, नगद रु ६५,०००। सहित मेडल र प्रमाणपत्र र व्दिति तमान युवा क्लब, तमान (सी) लाई नगद रु ४०,०००।, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने खुला भलिबल खेलमा प्रथम हिमालयन युवा क्लब, हिले (ए) लाई चौथो टेक स्मृति कप, नगद रु ४५,०००। मेडल र प्रमाणपत्र र व्दितिय लालिगुरास युवा क्लब, रुमलाई नगद रु २५,०००। मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।

त्यसैगरी तारो खेलमा प्रथम हिलसाइड युवा क्लब सिस्नेरीलाई नगद रु ४५,०००।, मेडल र प्रमाणपत्र र व्दितिय तमान युवा क्लब तमान (ए) लाई नगद रु २५,०००।, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै स्थानिय र पुरानो खुला लठो तान्ने (पुरुष) खेलमा प्रथम नागुन कन्स्ट्रक्सनको समूहलाई लोकल भाले, मेडल र प्रमाणपत्र र व्दितिय भुवन गौचनको टोलीलाई लोकल पोथी, मेडल र प्रमाणपत्र र खुला लठो तान्ने (महिला) खेलमा प्रथम बुढाथोकी समाजका बुहारीहरुको समूहलाई नगद रु २,०००। र प्रमाणपत्र र व्दितिय स्कुल चोक, तमानको समुहलाई नगद रु १,०००। र प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै खुला पुरुष ठेलो प्रतियोगितामा प्रथम सम्पुर्ण हर्मेल र व्दितिय टीका रसाइली , खुला महिला ठेलो प्रतियोगितामा प्रथम बिनिता रसाइली र व्दितिय जमुना घर्ती मगर र फुटबल, भलिबल र तारो खेलका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्रले सम्मान एवं पुरस्कृत गरिएको थियो ।

तमानखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गिरबहादुर घर्ती मगर, क्लबका पुर्व अध्यक्ष, समाजसेवी एवं नेपाली काङ्ग्रेस तमानखोला गाउँपालिकाका सह(संयोजक झक बहादुर बुढा मगरको बिशेष उपस्थिती र प्रेम बुढा मगरको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा मेला सम्पन्न गर्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान पत्र पनि दिइएको थियो ।

मेला बाट प्राप्त आर्थिक नाफालाई क्लबले सदाझै सामाजिक कार्यमा लगानी गर्ने कुरा पनि जानकारी दिएको छ ।

यो पनि पढौँ:
* तमान चैत्राष्टमी मेला : तारा खेलको उद्घाटन, ब्याडमिन्टनमा सुरेन्द्र/प्रकाशको जोडी प्रथम !

* तमानमा चैत्राष्टमी मेला जारी, पाँचौ दिन आज क्षेत्रीय कलाकारहरुको बेजोड प्रस्तुति !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply