Sorry, that menu does not exist.
 

निसीखोला गांउपालिकाको दोश्रो गांउसभा सम्पन्न

छविलाल पाण्डे, बुर्तिबाङ २०७४ चैत २९ । निसीखोला गांउपालिकाको दोश्रो गांउसभा बुधबार सम्पन्न भएको छ ।

गांउपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा निसीखोला गांउपालिकाको योजना, गतिबिधी, निती नियम, संशोधित ऐन बिधान लगाएतका १५ बुंदे कानुन पारित गर्दे दोश्रो सभा सम्पन्न भएको हो ।

सभामा निसिखोला गांउपालीका पदाधिकारीको आचार संहिता, गांउपालिकाको बिपद ब्यबस्थापन तथा सञ्चालन कार्यबिधी, बजार अनुगमन निर्दशिका, करारमा प्राबिधिीक कर्मचारी ब्यबस्थापन सम्बन्धि कार्यबिधी, घ बर्गको निर्माण ब्यबसायि , ईजाजत पत्र सम्बन्धि कार्यबिधी, प्रसासकिय कार्यबिधी, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण, कृर्षि ब्यबसाय प्रर्बदन सम्बन्धि कानुन पारित गरिएको छ ।

त्यस्तै स्थानीयत तहको उपभोतmा समिती गठन तथा परिचालन ब्यबस्थापन, शिक्षा नियमावली, राजपत्र प्रकाशन कार्यबिधी, शहकारी ऐन, आर्थिक कार्यबिधी नियमित तथा ब्बबस्थित गर्न बनेको ऐन, गांउसभा सञ्चालन कार्यबिधी र न्यायिक समितीले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका ब्यबस्था सम्बन्धमा ब्यबस्थ ागर्न बनेको ऐनका बुंदामाथि आबस्यक छलफल र अन्तक्रिया गर्दे सर्वसहमत रुपले यसपटकको सभामा कानुन पारित गरीएको र आगामि दिनमा गांउपालिकाले थप कानुन, निती नियमलाई परिमार्जित गर्दे जाने निर्णय पारित गरिएको गाउपालिकाले जनाएको छ ।

कार्यक्रमका अबसरमा गांउपालिका प्रमुख पौडेलले राज्यले स्थानीय तहको मातहतमा सबै जिम्मा सुम्पिएपनी आबस्यक ऐन, अधिकार र कानुन प्रदेश र केन्द्रिय तहबाटै पारित भईनसकेका कारण आफुहरुलाई कामगर्ने अझै समस्या रहेको, दुर्गमक्षेत्र भएका कारण कर्मचारी ब्यबस्थापन लगाएतका क्षेत्रमा समस्या भईरहेको अबस्थामा पनी गांउपालिका अन्र्तगतका सबै जनप्रतिनिधीको साथ सहयोगले पछिल्लो समय यस आर्थिक बर्षमा बिनीयोजित बजेट मध्येबाट अधिकांस योजनाहरु सम्पन्न गर्नका निम्ती गांउपालीका अगाडि बढिरहेको र सबै कार्यक्रम तथा योजना यस आर्थिक बर्षमा सम्पन्न गर्दे स्थानीय स्तरमा उत्पादनमुलक कार्यक्रम र आर्थिक श्रोतको दायरालाई बढाउने अभियानमा जुट्ने बताएका थिए ।

कार्यक्रममा गांउपालिका उपप्रमुख शोभाकुमारी कार्कीले ऐन कार्यबिधी, सशोधित कार्यबिधि, सञ्चालीत बजेट योजना, लगाएतका बिषयमा प्रकाश पारेकी थिईन भने लेखापाल भिमसेन थापाद्धारा आर्थिक गतिबिधीको बिषयमा प्रकाश पारिएको थियो ।

कार्यक्रम प्रमुख प्रसासकिय अधिकृत सुशिल पनेरुको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply