सुमन सुनार, बुर्तिवाङ २०७३ फागुन ५ । जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा बुर्तिबाङमा गत फागुन १ गते देखि जारी छैठौ राष्ट्रपति रनिङशिल्ड क्षेत्र नम्बर ३ अन्तर्गतको छनोट खेल प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
बुर्तिबाङ स्थित उत्तर गंगा माध्यमिक विद्यालयमा ४ दिन सम्म सञ्चालन भएको उक्त छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा एथेलेटिक्स ट्रयाक दौड, उफ्रने र फ्याँक्ने, छात्र तथा छात्रा भलिबल, हाईजम्प, लमजम्प, सर्ट फुट, ज्याप्लीङ थ्रो प्रतियोगिता लगायतका खेल समावेश गरिएका थियो ।
छनौट प्रतियोगितामा अन्तर्गत १३ विद्यालयको सहभागिता रहेको थियो ।
छात्र तर्फको भलिबल प्रतियोगितामा देविस्थान माध्यमिक विद्यालय देविस्थान प्रथम, जन माध्यमिक विद्यालय झिम्पा व्दितिय र रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय जुग्जाखोला तृतिय भएको छ । ७ विद्यालयको सहभागिता रहेको छात्रा तर्फको भलिवल प्रतियोगितामा उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ प्रथम भएको छ भने विद्या विकाश माध्यमिक विद्यालय अधिकारीचौर व्दितिय र न्यु मोर्डन एकेडेमी बुर्तिबाङ तृतिय भएको छ ।
यस्तै १५ सय मिटर छात्र दौड प्रतियोगितामा रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय जुग्जाखोलाका चिना धर्ति प्रथम हुनु भएको छ भने प्रभा माध्यमिक विद्यालय बाहोरागाँउका आशिष वि.क व्दितिय र जन माध्यमिक विद्यालय झिम्पाका गोबिन्द बुढा तृतिय भएका छन् । छात्रा तर्फ प्रभा माध्यमिक विद्यालय बोहोरागाँउकी गिता खड्का प्रथम, जन माध्यमिक विद्यालय झिम्पाकी सिता क्षेत्री व्दितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङकी अस्मिता बुढा मगर तृतिय भएका छन् ।
८ सय मिटर छात्र दौड प्रतियोगितामा न्यु मोर्डन एकेडेमी बुर्तिबाङका लेखनाथ खरेल प्रथम, रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय जुग्जाखोलाका प्रवेश केसी द्धितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङका डोरन घर्ति मगर तृतिय भएका छन् ।
छात्रा तर्फ देविस्थान माध्यमिक विद्यालय देविस्थानकी अमृता पुन प्रथम , प्रभा माध्यमिक विद्यालय बोहोरागाँउकी शिला चन्द द्धितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङकी रमा कँडेल तृतिय भएका छन् ।
यसैगरी ४ सय मिटरको छात्र दौड प्रतियोगिता अन्तर्गत रिभरहेड एकेडेमीका तिजन वि.क प्रथम, प्रभा माध्यमिक विद्यालय बोहोरागाँउका आसिष विक व्दितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिवाङका जीवन पुन तृतिय भएका छन् ।
सोहि प्रतियोगिताको छात्रा तर्फ विद्या विकास माध्यमिक विद्यालय गादिखोलाकी रिता अदै प्रथम, प्रभा माध्यमिक विद्यालय बाहोरागाँउकी भानिकला रेग्मी द्धितिय र रिभरहेड एकेडेमी बुर्तिबाङकी पुजा वि.क तृतिय भएका छन् ।
२ सय मिटरको छात्र दौड प्रतियोगितामा रिभरहेड एकेडेमीका तिजन वि.क प्रथम, उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङका बिक्रम कार्की द्धितिय र प्रकाश माध्यमिक विद्यालय खुंगाका यम रसाइली तृतिय भएका छन् भने २ सय मिटरकै छात्रा तर्फ प्रभा माध्यमिक विद्यालय बाहोरागाँउकी निलम केसी प्रथम, जन माध्यमिक विद्यालय झिम्पाकी मुना क्षेत्री द्धितिय र जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङकी पुजा कँडेल तृतिय भएका छन् ।
त्यस्तै सर्ट फुट प्रतियोगिता अन्तर्गत छात्र तर्फ देविस्थान माध्यमिक विद्यालयका सुमन मगर प्रथम हुनु भएको छ भने प्रकास माध्यमिक विद्यालय खुंगाका कमल कार्की द्धितिय र न्यु मोर्डन एकेडेमी बुर्तिबाङका निर्मल सुनार तृतिय भएका छन् ।
छात्रा तर्फ भने देविस्थान माध्यमिक विद्यालय देविस्थानकी तुल्सी मल्ल प्रथम, उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङकी शोभा कुवर द्धितिय र प्रभा माध्यमिक विद्यालय बोहोरागाँउकी मिठु चन्द तृतिय भएका छन् ।
उता ज्यप्लिङ थ्रो प्रतियोगितामा छात्र तर्फ जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङका गोविन्द वि.क प्रथम, प्रभा माध्यमिक विद्यालय बोहोरागाँउका लिलन बुढा मगर द्धितिय र रिभरहेड एकेडेमी बुर्तिबाङका अमृत वि.क तृतिय भएका छन् । छात्रा तर्फको प्रतियोगितामा उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङकी सुनिता सुनार प्रथम, देविस्थान माध्यमिक विद्यालय देविस्थानकी तुल्सी मल्ल द्धितिय र जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङकी पुष्पा गुरुङ तृतिय भएका छन् ।
४ सय इन्टु ४ को रिले दौड प्रतियोगिता अन्तर्गत छात्र न्यु मोर्डन एकेडेमी बुर्तिबाङ प्रथम, उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ द्धितिय र प्रकाश माध्यमिक विद्यालय खुंगा तृतिय भएको छ । छात्रा तर्फ जन माध्यमिक विद्यालय झिम्पा प्रथम, प्रभा माध्यमिक विद्यालय बाहोरागाँउ द्धितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ तृतिय भएको छ । साथै छात्र तर्फको १ सय इन्टु ४ को खेलमा छात्र तर्फ उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ प्रथम, न्यु मोर्डन एकेडेमी द्धितिय र जनता इङलिस बोर्डिङ स्कुल तृतिय भएको छ । सोहि प्रतियोगिताको छात्रा तर्फको खेलमा प्रभा माध्यमिक विद्यालय बाहोरागाँउ प्रथम, उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ द्धितिय र रिभरहेड एकेडेमी बुर्तिबाङ तृतिय भएको छ ।
उता हाईजम्प प्रतियोगिता अन्तर्गत छात्र तर्फ जन माध्यमिक विद्यालय झिम्पाका हरि घर्ति प्रथम हुनु भएको छ भने प्रकाश माध्यमिक विद्या
लय खुंगाका राम बहादुर कार्की द्धितिय र जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङका विशाल रामजाली मगर तृतिय भएका छन् ।
छात्रा तर्फ देविस्थान माध्यमिक विद्यालय देविस्थानकी कमला वि.क प्रथम, प्रभा माध्यमिक विद्यालय बोहोरागाँउकी गिता खड्का द्धितिय र प्रकाश माध्यमिक विद्यालय खुंगाकी तिर्सना पुन तृतिय भएका छन् ।
त्यस्तै लम्पजम्प प्रतियोगिता अन्तर्गत छात्र तर्फको प्रतियोगितामा न्यु मोर्डन एकेडेमी बुर्तिबाङका लेखनाथ खरेल प्रथम हुनु भएको छ भने उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङका जिवन पुन द्धितिय र रिभरहेड एकेडेमी बुर्तिबाङका तिजन वि.क तृतिय भएका छन् ।
छात्रा तर्फ जनता इङलिस बोर्डिङ स्कुल बुर्तिबाङकी पुष्पा गुरुङ प्रथम, देविस्थान माध्यमिक विद्यालय दविस्थानकी मनिका भण्डारी द्धितिय र प्रभा माध्यमिक विद्यालय बोहोरागाँउकी गिता खड्का तृतिय भएका छन् ।
त्रिपल जम्प प्रतियोगिता अन्तर्गत उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङका सुनिल विक प्रथम, जन माध्यमिक विद्यालय झिम्पाका हरि घर्ति द्धितिय र रिभरहेड एकेडेमी बुर्तिबाङका तिजन विक तृतिय हुनु भएको छ । सोहि प्रतियोगितामा छात्रा तर्फ प्रभा माध्यमिक विद्यालय बाहोरागाँउकी शिला चन्द प्रथम भएकी छिन् भने रिभरहेड एकेडेमी बुर्तिबाङकी पुजा पौडेल द्धितिय र उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङकी याम कुमारी पाण्डे तृतिय भएका छन् ।
प्रतियोगितात्मक कार्यक्रममा बिजेता हुनेहरुलाई इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक कृष्ण रानाव्दारा प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
पहिलो चरणमा क्षेत्रबाट छनोट भएका खेलाडीहरुलाई जिल्लामा फागुन महिनाको ९ देखी ११ गतेसम्म संचालन हुने प्रतियोगीतामा समावेश गरिने भएको छ । जिल्लामा टिमको उत्कृष्टतासंगै व्यक्ति छनोट भएर क्षेत्रमा लैजाने व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समिती बागलुङका अध्यक्ष धन बहादुर परियारले जानाकारी दिए ।