शव्द/चित्र : टिकाराम भट्टराई
बुर्तिवाङ २०७४ चैत २९ । चैत २८ गते बुधबार बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२का बिद्यार्थीहरुलाई भव्य बिदाई गरेका छन् । कक्षा १० का बिद्यार्थीहरुलाई कक्षा ९ का बिद्यार्थीहरुले, कक्षा १२ का बिद्यार्थीलाई कक्षा ११ का बिद्यार्थीहरुले बिदाई गर्ने चलन रहिआएको छ ।
पछिल्लो समय बिद्यालयहरुमा आयोजना गरिने बिदाई कार्यक्रमले महोत्सवको रुप लिन थालेको छ, जस्को ज्वलन्त उदाहरण थियो, हिँजो बुधवार उत्तरगंगा माध्यमिक बिद्यालयको बिदाई कार्यक्रम ।
हो त, साँस्कृतिक कार्यक्रम सहित गरिएको यो बिदाई कार्यक्रम कुनै महोत्सव भन्दा रत्तिभर कम देखिएन बरु त्यो भन्दा माथिनै देखियो । बिदाई कार्यक्रममा उत्तरगंगा माबिका बिद्यार्थीहरु त सहभागी थिए नै बिद्यालय प्रांगण दर्शकहरुले खचाखच भरिएको थियो । बिदाई त कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई गरेका थिए, तर बिदाई कार्यक्रममा उत्तरगंगा माध्यमिक बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुको स्वत:स्फूर्त सहभागिता एवं प्रस्तुति तारीफ योग्य थियो ।