डिल्ली हुमागाई. युएई ,२०७४ चैत ३० । विक्रम परियार नेपाली संगीतमा एक सर्घाशील नाम हो । उनी प्रवासबाट गित संगितमा करियर खोजी रहेका छन। नेपाल मै बसेर यहीँ क्षेत्रले आफ्नो गरिखाने भाडो बनाउने चहाना उनमा नभएको भने होइन। तर घरायसी समस्या र देशको बेरोजगारी समस्याले गर्दा ६ वर्ष अघि युएई भित्रिएका परियारले गीत संगीत प्रतिको चहानालाई यथावत राख्दै अघिबढी रहेका छन। परियार कास्की जिल्लाको थुमाडाँडा वडा नम्बर १ मा जन्मिएका हुन् । सानैबाट गीत संगीतमा झुकाब रहेकोले युएई आएको एकवर्ष पछि यो क्षेत्रलाई निरन्तरता दिन थाले । २०१५मा पहिलो गित “भगवानलाई दियो बाल्दानी“ बजारमा ल्याए । गायिका कोपिला छिनालको शव्द रहेको गीतमा परियार र छिनाले आवाज भरेका छन् । उक्त गीतलाई शिव दर्शन म्यजिक प्रा .लि.ले बजारमा ल्याएको हो । यसमा आफुलाई गायत्री थापाले विशेष सहयोग गरेकाले आफुलाई यादगार रहेको परियार बताउँछन् । युएईको धेरै स्टेजहरुमा समेत प्रस्तुति दिदै आएका परियार युएईका दर्शकका लागि चिरपरिचित नाम हो। उनले अहिले सम्म धेरै कलाकारका गीत गाएर युएईका स्टेजबाट दर्शकलाई मनोरन्जन दिइसकेका छन् ।
परियारल “मेरो आफ्नो जन्म भुमिलाई लिएर”बोलको गीतमा शब्द संगित र स्वर आफैले भरेका छन् । त्यस्तै याङजाकोटको सिरसिरे हावामा शब्द आफ्नै रहेको छ भने गायिका कोपिला छिनालले आवाजमा साथ दिएकी छिन् । उक्त गीतलाई शिव दर्शन म्युजिक प्रालिले नै बजारमा ल्याएको हो ।
शिव दर्शनबाटै आफ्ना गीत बजारमा परियारले बताए । मीन तामाङको शव्द र उनको लयमा यस्तै रहेछ जीवन भन्ने गीत बजारमा ल्याएका छन् । जसमा स्वर परियार र देवी घर्तीको रहेको छ भने लय उनको आफ्नै रहेको छ ।सजिन परियारको शब्दमा रहेको तिम्रो लागि तयार छु मेरै मुटु दिन बोलको गीत समेत बजारमा ल्याएका छन् । यस्तै अन्य थुप्रै गीत दर्शक श्रोतामाझँ प्रस्तुत गरिसकेका परियारले प्रवासबाटै व्यवसायीक संगीतलाई अघि बढाई रहेका छन् ।