Sorry, that menu does not exist.
 

जनप्रतिनिधिहरु भाषणकला तालिमबाट प्रभावित

पर्वत, २०७४ चैत ३० । स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला कुश्मामा भाषणकला तालिममा बोल्ने सीपको विकास गर्दै थिए । जनताबाट चुनिए तर बोल्ने कला ९भाषणकला०को विकास नहुदाँ असहज र समस्या भएको भन्दै जनप्रतिनिधिहरु भाषणकला तालिममार्फत आफूमा बोल्ने कलाको विकास गर्दै थिए ।

इन्टिच्युट अफ मल्टिपल टेक्नोलोजी एण्ड एजुकेशन९आइएमटिइ०ले आयोजना गरेको ९ दिने भाषणकला तालिममा सहभागी भएर भाषण गर्ने तरिका सिकेका जनप्रतिनिधिहरु पहिलेको तुलनामा आफू निकै सक्षम भएको बताए ।

असल र सक्षम नेतृत्व एवं क्षमता विकासको लागि आयोजना गरिएको प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ । इष्टिच्युट अफ मल्टिपल टेक्नोलोजी एण्ड एजुकेशन ९आइएमटीई०ले कुश्मामा आयोजना गरेको ९ दिने भाषण कला तालीम निकै फलदायी भएको अनुभव सुनाए ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णुप्रसाद न्यौपानेले भाषणकला तालिम निकै प्रभावकारी भएको बताए । कार्यक्रममा तालिममा सहभागीहरुले देखाएको प्रस्तुतीले तालिम प्रभावकारी भएको उनले बताए ।

संसार बोल्नेकै हातमा छ, जो बोल्छ उसैले जित्छ भन्ने सोचका साथ व्यक्तित्व विकासका लागि संचालन गरिएको तालिमबाट धेरै कुराहर सिकेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । कार्यक्रमबाट आफूहरुले आफ्नो मनमा लागेका कुराहरुको प्रस्तुती दिन सकेकोमा उनीहरु निकै खुसी र हर्षित थिए ।
क्त तालिममा कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरु समेत सहभागी थिए । जनप्रतिनिधि भैसक्दा समेत आफूहरुको बोल्ने कलाको विकास नभएका कारण नागरिकसामु आफ्ना कुराहरु राख्न नसकेकोले पनि तालिममा सहभागी भएको जनप्रतिनिधिले बताए ।

कार्यक्रममा स्थानीय शान्ति समितिमा पूर्व संयोजक इश्वर पौडेल, कुश्मा नगरपालिका ७ का सदस्य बाबुराम सुवेदी, उवासंघ पर्वतका सदस्य नारायाण प्रसाद शर्मा, कृष्णप्रसाद रेग्मी, ट्राफिक प्रमुख महेन्द्र रानाभाट, लायन्स क्लब अफ कुश्मा सिटीका गोविन्दराज पुरी, संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका सदस्य प्रकाश गिरी, पर्वत स्टेशनरी व्यवसायी संघका अध्यक्ष रमेश प्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए ।

आइएमटीई का व्यवस्थापक समिक्षा शर्माको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षक तथा संस्थाका डाइरेक्टर भवानी शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply