शब्द/चित्र सुमन जि.सी.
बागलुङ २०७४ चैत ३० । नयाँ वर्ष बिक्रम सम्बत २०७५ सालको पूर्व सन्ध्यामा बागलुङ जिल्ला स्थित क्रियाशिल युवाहरुको समुहले बागलुङ सदरमकाममा शुक्रवार जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ दुव्र्यसन विरुद्ध जनचेतनामूलक -याली निकालेका छन् । बागलुङ सदरमुकाममा यसप्रकारको यो पहिलो जनचेतनामुलक -याली हो ।
पछिल्लो समय देशका विभिन्न स्थानमा जबरजस्ती करणी (बलात्कार), महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घट्नाहरु बढ्दै गईरहेको परिप्रेक्षलाई मध्येनजर गर्दै यस्ता घटनाहरुको न्यूनीकरण तथा सचेतना र सम्वन्धित निकायहरुलाई दबाव दिनका लागि युवाहरुले ¥याली तथा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको छ ।
जिल्ला स्थित क्रियाशिल युवाहरु, जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी मेरो साथी अभियान, विद्यालय, क्याम्पस र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको ¥याली कायक्रम लोक्तान्त्रिक चोकबाट विहान ८ बजे सुरुगरी नगर परिक्रम पश्चात पुन लोक्तान्त्रिक चोकमा पुगि समापन भएको थियो ।
समापनका क्रममा धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णु पौडेल, युवा विद्यार्थीको तर्फवाट धौलागिरी बहुमुखी क्याम्पसका पुष्पा रेग्मीले देशमा भईरहेका अपराधिक गतिविधिहरुले गर्दा कतिबेला, कहाँ र को अपराधीको चपेटामा पर्ने हो त्यसको अनुमान नै गर्न नसकिने भन्दै यस्ता घट्नाहरुको विरुद्ध सम्पूर्ण युवाहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।
¥याली कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक सुमन जि.सी.ले सामूहिक बलात्कार, बालिका बलात्कार, बलात्कारपछि हत्या, घरका अभिभावक, गुरू र आफन्तजनबाटै बलात्कारजस्ता मानव सभ्यतामाथि नै खिल्ली उडाउने खालका घटना एकपछि अर्को गरी श्रृंखलाबद्ध रुपमा हुनुले पछिल्लो समय आपराधिक गतिविधिले सीमा नाघेको आभास हुन थालेको र सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको बताएका थिए ।
सोही अवसरमा देशका विभिन्न ठाउँमा भएका यस्ता घट्नाहरुमा पीडित भएकाहरुलाई क्षतीपुर्ति र पीडितको पक्षमा शीघ्र फैसला सरकारी पक्षबाट छिटो भन्दा छिटो होस र बलात्कार, महिला हिंसा र लागुपदार्थ बेचविखन विरुद्ध कडा भन्दा कडा कानुन सरकारलाई बनाउनका लागि सम्पूर्ण वागलुङ वासी युवाहरु तर्फवा संयोजक जि.सीले माग गरेका थिए ।
समापन सत्रको सञ्चालन धौलागिरी बहुमुखी क्याम्पसका युवा विद्यार्थी नेता रामचन्द्र गौतमले गरेका थिए ।