सुमन जि.सी. बागलुङ, २०७५ बैशाख १ । नयाँ वर्ष २०७५ को अवसरमा मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. बागलुङले आव एक कार्यक्रमका विच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथि प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले नेपालजस्तो विकासोन्मुख देशमा सरकारी क्षेत्रबाट मात्रै जनतालाई स्वास्थ्य शिक्षा एवं रोजगारीका अवसरहरु सिर्जना गर्न नसकिने बताउदै नीजी क्षेत्रहरले यस्ता कार्यहरुमा अग्रसरता देखाउनु पर्ने बताए । स्वास्थ्य भनेको सम्वेदनशील विषय भएकाले आम जनताहरुको मन जित्न सकेमा मात्र यस क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने कँडेलको भनाई थियो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले जिल्लाका धैरै जनताहरु स्वास्थ्य उपचारका लागि पोखरा काठ्माडौ जाने स्थिती रहेकाले यसको रोकथामका लागि जिल्लामै गुणस्तरीय र सर्वशुलभ स्वास्थ्य सेवाको आवश्यकता रहेको बताएकी थिइन ।
कार्यक्रममा नेपाली कागं्रेसका पार्टी सभापती दिपेन्द्रवहादुर थापा, धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम्जी सुवेदी, मेडिकल सुपरीेटेण्डेन डा. सागर राजभण्डारी, समाजसेवी देववहादुर श्रेष्ठ, काठेखोला गा.पा. का वडा नं. १ का अध्यक्ष खड्कवहादुर थापा लगाएतले नयाँ वर्षको २०७५ को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णले आ–आफ्नो तर्फवाट नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रमका अवसरमा अस्पतालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले धौलागीरी अञ्चालवासीले विशेषज्ञ सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नसकिरहेको अहिलेको वर्तमान अवस्थालाई नयाँ स्वरुपमा गईरहेको मुक्तिनाथ अस्पतालले पुरा गर्ने बताएका थिए । हाल मुक्तिनाथ अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत विहान ७ देखि ९ः३० बजेसम्म र साझ ४ बजेदेखि ७ बजेसम्म नवजात शिशु बालरोग, हर्निया, पायल्स, एपेन्डीसाईटीस, गाठागुँठी, ट्यूमर, सबै प्रकारका सल्यक्रिया, हाड जोर्नी, फ्याक्चर, मर्केको, फुस्केको, गर्भ परीक्षण, प्रसुति, योनजन्य रोग, तल्लो पेट दुख्ने, पाठेघरका सम्पूर्ण समस्याहरुको उपचार र सल्यक्रिया र साझा स्वास्थ्य सेवा अन्तर्गत २४ सै घण्टा इमर्जेनसी सेवा, ल्याव सेवा, फारमेसी सेवा, सुविधा सम्पन्न सफा र सुलभ वेड, क्याविन लगाएतका सेवाहरु प्रदान गर्दै आईरहेको पौडेलले बताएका थिए ।
अस्पतालका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालको बारेमा सञ्चालक चन्द्र के.सी ले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको स्वागत अस्पतालका कार्यकारी प्रमुख वृहस्पती कँडेल र सञ्चालन सञ्चालक भुमिश्वर गौतमले गरेका थिए ।