गुमानसिँह भण्डारी, पाण्डवखानी गल्कोट २०७५ बैशाख २ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डबखानीको रमुवालाई नगरपालिकाको केन्द्रसँग जोड्ने आफनो पहिलो प्राथमिकता भएको बताएका छन् ।
सरस्वती युवा क्लब गल्कोट नगरपालिका १० पाण्डवखानी रमुवाले आयोजना गरेको २९ औ बार्षिक उत्सव तथा नयाँ बर्ष बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।
उनले पाण्डवखानीको रमुवा गल्कोट नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा भएको भन्दै उक्त क्षेत्रलाई नगरपालिकासँग जोड्नका लागी कृषि, यातयात, पर्यटन लगायतका क्षेत्रमा प्रमुख भुमिका खेल्ने बताए । स्रोत र साधनले भरिपुर्ण रमुवाबासीलाई स्थानिय स्तरमा उत्पादन हुने बस्तुहरुको प्रयोगले दैनिकीमा सहजता ल्याउने काममा नगरपालिका सकरात्मक हुने उनको भनाई थियो । पाण्डवखानीदेखि करिब ३ घण्टाको पैदल र साढे १ घण्टामा गाडिमा पुगिने उक्त क्षेत्र नेतृत्वको अभावले बिकासमा पछि परेको गैरेले बताए ।
कार्यक्रममा बोल्दै गलकोट गनपा २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले रमुवा क्षेत्रमा उत्पादन हुने बस्तुहरुको परिक्षण गरि उत्पादनतर्फ लाग्न सके गाउको बिकासले फड्को मार्ने बताउदै रमुवामा आलु, भाँगो, सिमी लगायतका अन्य तरकारी बालीहरु बढि मात्रामा उत्पादन हुने र उक्त क्षेत्रमा भीरमौरी बढी मात्रामा पाईने हुदाँ यसको संरक्षण र सहि तरिकाले उपयोग गरि आम्दानीतर्फ जोड्निका लागी स्थानियलाई आग्रह गरेका थिए ।
त्यस्तै उद्योग बाणिज्य संद्य गलकोट ईकाईका उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले रमुवा क्षेत्रमा भएका स्रोत र साधनको अध्ययन गरि सहि तबरले काम गर्न सके रमुवाबासीको दैनिकिमा परिवर्तन आउने बताए ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका १० पाण्डवखानीका अध्यक्ष तिलक घर्तिले सिंगो पाण्डवखानी धार्मिक, सास्कृतिक र एतिहासिक रुपले सम्पन्न क्षेत्र भएको भन्दै यसको बिकासका लागी आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा खुल्ला साबिक वाड स्तरिय पुरुष भलिबल प्रतियोगिता, पुरुष म्याराथुन दौड प्रतियोगिता, महिला तथा पुरुष रस्साकक्सी प्रतियोगिता, आधारभुत तहको हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएका छन ।