निर्मल पौडेल, पर्वत २०७५ बैशाख २ । जिल्ला निर्वाचन कार्यलय पर्वतले आजदेखी फोटो सहितको नामावली संकलन कार्य शुरु गरेको छ ।
मतदाता नामावली सम्वन्धी एेन २०७३ अनुसार कार्यालयले प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात नामावली सकलन तथा अध्यावधिक कार्य सुरु गरेको हो ।
यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका तथा नया उमेर पुगेका मतदाताहरुले सक्कल नेपाली नागरिकता सहित स्वम कार्यालयमा सम्पर्क राखी नाम दर्ता गर्न सकिने निर्वाचन कार्यलयले वताएको छ ।
त्यस्तै यस अघिको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए तथा ठेगाना परिवर्तन गर्नु पर्ने भएमा आवश्यक प्रमाण सहित कार्यालयमा उपस्थित भइ त्रुटि सचाउन तथा ठेगाना परिवर्तन गर्न सकिने जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।
तत्कालका लागि कार्यालयमा मात्रै मतदाता नामावली संकलन कार्य हुने छ प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्वतमा ५५ हजार ४ सय ८६ महिला र पुरुष ५१ हजार ८ सय १४ गरी जम्मा १ लाख ७ हजार ३ सय मतदाता रहेका थिए ।