Sorry, that menu does not exist.
 

मोहनबिक्रम सिँहव्दारा लिखित ‘फाल्गुन २४’ फिल्म बैशाख १८ गते प्रदर्शित गरिने !

बागलुङ २०७५ बैशाख ३ । कम्युनिष्ट आन्दोलनका नेतृत्वकर्ता मोहन विक्रम सिंहद्वारा लिखित तथा हेमराज आश्रमद्वारा निर्देशित फाल्गुन २४ फिल्म मजदुर दिवसको अवसर पारेर यही २०७५ बैशाख १८ गते कालीगण्डगी फिल्म हलमा प्रदर्शन गरिने भएको छ ।

गाउँ मैत्री अक्षयकोष तंग्राम र परिसूचन साप्ताहिक पत्रिकाव्दारा सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्म प्रदर्शनी बारे जानकारी गराईएको थियो ।
फिल्म प्रदर्शनबाट संकलित रकम तंग्राममा निर्माण गरिने संगीत संग्राहलयको लागि खर्चिने फिल्मका निर्देशक हेमराज आश्रमले बताए ।

ऐतिहासिक सत्य घट्नामा आधारित फिल्ममा बागलुङकै कलाकारहरुको सशक्त भुमिका रहेको छ । फिल्ममा बागलुङको काठेखोला गाउँपालिका वडा न. ४ का टिका संगम बिक मुख्य भुमिकामा रहेका छन् भने बागलुङकै कलाकार पियारी थापा नायिकको भुमिकामा छन् । साथै बागलुङका कलाकारहरु दानबहादुर थापा, थुमराज ढुङ्गाना, गीता थापा, विष्णु शर्मा, कमल रानाको सशक्त भुमिका रहेको छ भने नारायण योगी, लक्ष्मी पौडेल, नविन बस्यालको अभिनय रहेको छ ।

वि.स २०१० साल फागुन २४ गते प्युठानमा भएको किसान आन्दोलनमा आधारित ‘फाल्गुन २४’ एक सामाजिक चेत बोकेको ऐतिहासिक प्रगतिशील फिल्म भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा फिल्मका निर्देशक आश्रमले ‘फागुन २४’ फिल्मबारे प्रकाश पारेका थिए भने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले फागुन २४ एतिहासिक फिल्म भएकोले पनि हेर्न रुचिकर हुने बताएका थिए ।

कार्यक्रमको सञ्चालन परिसूचन साप्ताहिक पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए भने समापन विजय रानाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply