Sorry, that menu does not exist.
 

आयोजकहरु नै कलाकारहरु संग कमर मर्काई मर्काई नाँचे पछी ढोरपाटन महोत्सवको रौनकै अर्को !

हेलिकप्टर चढेर बुर्तिबाङ र ढोरपाटन क्षेत्रको अवलोकन गर्नेहरु फुरुंग !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ बैशाख ३ । गत बैशाख १ गतेदेखि सुरु भएको प्रथम ढोरपाटन महोत्सवको आज तेस्रो दिन गायक गायिकाहरुको गीत र बाजाको तालमा ढोरपाटन महोत्सवका आयोजकहरुनै कमर मर्काई मर्काई नाँचे पछी महोत्सवका अर्को देखियो । गीत र बाजाको तालमा दर्शक दीर्घा नै उचालिएको थियो ।

आज लोक तथा दोहोरी गायक बद्री पंगेनी, कुमार पुन, गायिका तिर्सना घर्ती मगर, प्रिया भण्डारी, शिलु भट्टराई, गजलकार अंचल शाही तथा स्थानीय कलाकारहरुले हजारौँ दर्शकहरुलाई आफ्नो सांगीतिक प्रस्तुतिव्दारा मनोरञ्जन दिएका थिए ।

महोत्सवमा आजै देखी हेलिकप्टर बाट दृश्यावलोकन कार्य सुरु गरिएको छ । हेलिकप्टरबाट बुर्तिबाङ क्षेत्र तथा पर्यटकीय स्थल ढोरपाटन क्षेत्रको अवलोकन गर्नेहरु निकै फुरुङ्ग भएका थिए ।

हेलिकप्टरबाट ढोरपाटन क्षेत्रको अवलोकन गरे बापत प्रति व्यक्ति रु १० हजार र बुर्तिबाङ क्षेत्र अवलोकन गरे रु ५ हजार शुल्क लाग्ने आयोजकले तोके पछि आजको उडानमा २० जनाले ढोरपाटन क्षेत्रको अवलोकन र १६ जनाले बुर्तिबाङ क्षेत्रको अवलोकन गरेको उद्योग वाणिज्य संघ ईकाई बुर्तिबाङका महासचिब रामनारायण सुवेदीले जनाकारी दिए ।

हेलिकप्टरबाट ढोरपाटन तथा बुर्तिबाङको अवलोनक गर्नेहरुको माहोल एकदमै बढी देखिन्थ्यो । हेलिकप्टर ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीको घरको छतबाट उड्ने र अवतरण गर्ने गरेको थियो । अवलोकन गर्नेहरु नेपालीको घरको छत मै पुगेर हेलिकप्टर चढेर रमण्ीाय क्षेत्रको अवलोकन गरेका थिए ।

त्यसैगरी आजदेखि सुरु हुने भनेको खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुने भलिबल खेलका सह–संयोजक यामु पौवीले जानकारी दिए । अहिलेसम्म उक्त खेलमा ८ समूहले सहभागिता जनाएको पौवीले बताए ।

महोत्सव यही बैशाख ७ गतेसम्म चल्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply