कोपिला कंडेल, बागलुङ २०७५ बैशाख ४ । बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङलाई नमुना बिद्यालय बनाउनका लागि बिशेष अभियान शुरु गरिएको छ । बिद्यालयलाई नुमना बनाउनका लागि बिद्यार्थीको संख्या बृद्धि र शैक्षिक गुणस्तर बृद्धि गर्ने अभियान रहेको बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले ईबागलुङलाई बताए ।
बिद्यालयले आज पत्रकार भेटघाटको आयोजना गरी कक्षा १ देखी ६ सम्म अंग्रेजी शिक्षा लागु गरेको जनाएको छ । कक्षा १ देखी ३ सम्म अनिबार्य अंग्रेजी पढाउनुपर्ने बागलुङ नगरपालिकाको निर्णय भएपनि आफुहरुले १ देखी कक्षा ५ सम्म यस अगाडीनै अंग्रेजी माध्यमबाट पठनपाठन गराउन शुरु गरिएको र यो शैक्षिक सत्र देखी कक्षा ६ सम्म अनिबार्य गराईने प्रधानाध्यापक आचार्यले जानकारी दिए ।
कक्षा १ देखी ५ सम्मका सम्पुर्ण बिद्यार्थीलाई निशुल्क पोशाक सर्ट पाईन्ट जुत्ता मोजा ट्रयाकसुट लगायत उपलब्ध गराउने, हरेका कक्षा कोठा बालमैत्री कक्षाका रुपमा ब्यवस्थित गरिएको, आवश्यकता अनुसार मल्टीमिडिया बाट पठन पाठन र व्यवस्थित र आकर्षक बिज्ञान प्रयोगशालाको ब्यवस्था गरिएको प्रअ आचार्यको भनाई छ ।
पठन पाठनलाई आधुनिकीकरण गर्न अत्याधुनिक कम्प्युटर ल्याब, पर्याप्त खेलकुद तथा अन्य शैक्षिक तथा मनोबैज्ञानिक उत्प्रेरणा जागृत गराउन बिज्ञ र दक्ष शिक्षकहरुबाट कक्षा संचालन, आधुनिक पुस्तकालय लगायतको ब्यवस्था गरिएको प्रअ आचार्यले बताए ।
कक्षा १ देखी १० सम्मका बिद्यार्थीको गुणस्तर उकास्नका लागि प्ले ग्रुप देखीनै पहल गर्ने योजना गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले जानकारी दिए ।
न्युन आय भएका एबं गरिब जेहेन्दार छात्रछात्राका लागि आफुहरुले बिभिन्न कोष खडा गरेर बिद्यार्थीको चौतर्फी बिकास हुने गरी अध्ययनअध्यापन गराउनका लागि लागि परेका छौ , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजभण्डारीले भने,सबै लागेपछि बिद्यालयलाई अवश्य नमुना बनाउन सकिन्छ । उनले सामुदायिक बिद्यालयको गुणस्तर उकास्नका लागि सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए ।
हाल कक्षा १ देखी ५ सम्मका ८३ जना बिद्यार्थी अध्यनरत रहेको र ती सबैलाई शैक्षिक सामग्री एबं पोशाक वितरण गरिने बिद्यालयका शिक्षक भिम प्रसाद साप्कोटाले जानकारी दिए । शैक्षिक गुणस्तरका लागि बिद्यालयमा बिभिन्न कोषहरुको खडा गरिएको र सोही कोषबाट बिद्यार्थीको ब्याक्तित्व एबं शैक्षिक गुणस्तर बृद्धिका लागि खर्च गरिने साप्कोटाको भनाई छ ।
त्यसैगरी अर्का शिक्षक छवीरमण रेग्मीले प्ले ग्रुप र कक्षा १ देखीनै शैक्षिक स्तरबृद्धिका लागि बिद्यालयले बिभिन्न खाले कार्यक्रम संचालन गरेको जानकारी दिए ।
बिसं १९९२ सालमा बागलुङ्ग बजार निवासी ओमकार प्रसाद गौचन र मेष कुमार बैद्यले स्थापना गरेको बिद्यालय २०७२ साल बैशाख १२ र २९ गतेको बिनासकारी भुकम्पले क्षेती पुर्याएपछि भुकम्प प्रतिरोधी भवन निर्माण जारी रहेको छ ।
भुकम्प प्रतिरोधी भवन निर्माणका लागि बिद्यालयले गत बर्ष विश्वशान्ति धनधान्याञ्चल महायज्ञ समेत सम्पन्न गरेको थियो । सो महायज्ञ बाट बिद्यालयले अपेक्षा गरे अनुसारको ५ करोड रुपया संकलन भएको र बिद्यालयको भौतिक संरचना निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको बिद्यालयका प्रधानाध्यापक आचार्यले जानकारी दिए । प्रत्येक कक्षा कोठामा अन्तराष्ट्र्रिय मापदण्ड अनुसार ४० देखी ४५ जना बिद्यार्थीलाई अध्ययन अध्यापन गराईने छ । बिद्यालयमा बालकक्षा संचालनका लागि पुर्ब बिद्यार्थी मुकेशचन्द्र राजभण्डारीको सक्रियतामा बिभिन्नखाले पहल भैरहेको बिद्यालयले जनाएको छ ।