Sorry, that menu does not exist.
 

देशमा संघियता लागु भए सँगै कर्मचारीतन्त्र तहसनहस- थापा

बागलुङ २०७५ बैशाख ५ । नेपालीA काँगे्रस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले सम्पुर्ण निजामति कर्मचारीहरुलाई काम गर्ने बातावरण सहज बनाउनुपर्ने बताएका छन । नेपाल निजामति कर्मचारी युनियन संघ बागलुङको बधाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

उनले देशमा संघियता लागु भए सँगै कर्मचारीतन्त्र तहसनहस भएको भन्दै अहिले सरकारले कर्मचारीहरुको उचित मुल्याङकन गर्न नसकेको बताए ।

थापाले सबै निजामति कर्मचारीहरु जनताको सेवामा स्वच्छ र निश्पक्ष ढंगले खटिनुपर्ने बताए ।

कार्यक्रममा काँग्रेस बागलुङका सचिव नवराज पौडेल, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय सदस्य जगत बहादुर पाठक, नेपाल तरुणदलका बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबु, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, नेपाली काँग्रेस केन्द्रिय निति तथा प्रशिक्षण विभागका पुर्व विज्ञ सदस्य प्रताप पौडेल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव विकास पौडेल, टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष ईश्वरठाकुर पौडेल, नेपाल शिक्षक संघका उपाध्यक्ष सिता शर्मा, निजामति कर्मचारी युनियन संघका पुर्व सल्लाहाकार बद्रि प्रसाद शर्मा, नेविसंघ बागलुङका पुर्व अध्यक्ष महेन्द्र कंडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नासु कुलराज पौडेललाई विदाई तथा खानेपानी तथा सरसफाई डिभिजनका खापासटे रबिना दाहाल र उच्च सरकारी वकिल कार्यालयका शाखा अधिकृत महेन्द्र अधिकारीलाई स्वागत गरिएको थियो ।

त्यस्तै नव निर्वाचित केन्द्रिय सदस्य जगत पाठक र टे«ड युनियन काँग्रेसका अध्यक्ष ईश्वर ठाकुर पौडेललाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल निजामति कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता उपाध्यक्ष देवप्रकाश घिमिरेको स्वागत र सचिव आनन्द प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply