डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ बैशाख ५ । ढोरपाटनको नाम बेचेर बुर्तिबाङमा महोत्सव सन्चालन गरेको भन्ने टिका टिप्पणी भई रहेको बेला ढोरपाटन नागरपालिका प्रमुख देवकुमार नेपालीले ढोरपाटनको केन्द्र बुर्तिबाङ भएको, सेवा सुविधाको हिसाबले पनि बुर्तिबाङमा महोत्सव गर्न उचित ठानेकाले यहाँ महोत्सव संचालन गरेको बताए ।
उनले पश्चिम बागलुङ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सवको अवसरमा आयोजना गरेको सि एच आईटिफ टेक्वान्डो राष्ट्रिय चेम्पियनसिप प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् ।
“ढोरपाटन भनेको बुर्तिबाङ हो, ढोरपाटन ४ नम्बर प्रदेशकै हो, ढोरपाटन समग्र सिंगो नेपालको हो त्यसैले हामीले बुर्तिबाङमा महोत्सव संचालन गरेका हौँ” उनले भने ।
नेपालीले आफु एक्लैको निर्णयले मात्र महोत्सव बुर्तिबाङमा राखेको नभै पश्चिम बागलुङ ४ ओटा स्थानीय तहका प्रमुखहरुको निर्णयले बुर्तिबाङमा महोत्सवको आयोजना गरेको बताए ।
उनले आगामी दिनहरुमा ढोरपाटनमा पनि महोत्सव संचालन गरिने बताए । नेपालीले यो महोत्सवको बारेमा व्याङ्यात्मक तरीकाले लेख्ने र प्रचार गर्ने काम नगर्न उनले आग्रह गरेका छन् ।
त्यसैगरी बगलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले हरेक क्षेत्रको विकासको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ढोरपाटनलाई देश विदेशमा चिनाउन सकिने महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।
पौडेलले पछिल्लो समयमा खेल क्षेत्रले पनि बागलुङको शिरलाई माथि उठाएको भन्दै खेल क्षेत्रको विकासका लागि आफुहरुले प्रयास गरि रहेको र विकासका निर्माण सँगै खेल क्षेत्रलाई पनि बढवा दिने बताए ।
त्यसैगरी उनले संचालन भैरहेको यो प्रथम ढोरपाटन महोत्सवलाई सव्य र भव्यका साथ सम्पन्न पार्नका निम्ती भनेर बागलुङ नजगरपालिकाको तर्फदेखि नगर रु ५ लाख रुपैँया दिने प्रतिबद्धता गरेका छन् ।
यो प्रतियोगिता भोलि सकिने बताई एको छ । यस प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरुले भाग लिएका छन् ।